राजनीति
काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले सत्तारूढ दल नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग छलफल गरेका छन् ।
सोमबार बिहान प्रचण्डको निवास खुमलटारमा भएको भेटमा सरकारले संसद्मा पेस गरेको नागरिकता विधेयकबारे छलफल भएको बताइएको छ । छलफल सकारात्मक भएको गृहमन्त्री खाँणले जानकारी दिए ।
उक्त विधेयकमा सहमति जुटाउन गृहमन्त्री खाँणले विभिन्न राजनीतिक दलका नेताहरूसँग छलफल गरिरहेका छन् । आइतबार साँझ उनले प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङसँग उनकै निवास बालुवाटारमा भेटवार्ता गरेका थिए ।
प्रकाशित मिति: सोमबार, असार २७, २०७९ १०:२२
प्रतिक्रिया दिनुहोस्