देश
काठमाडौं । नेपाल नर्सिङ परिषद्को पछिल्लो नाम दर्ता लाइसेन्स परीक्षामा नर्सिङतर्फ ७८ प्रतिशत र मिडवाइफ्रीतर्फ ५० प्रतिशत नर्स उत्तीर्ण भएका छन् ।
काउन्सिलले शनिबार लिएको ३०औँ लाइसेन्स परीक्षामा नर्सिङतर्फ पाँच हजार ३९६ जना सहभागी भएकामध्ये चार हजार २३४ जना (७८.४६ प्रतिशत) उत्तीर्ण भएका हुन् । त्यस्तै, मिडवाइफतर्फ ६ जना सहभागी भएकोमा ३ जना (५० प्रतिशत) मात्र उत्तीर्ण भएको काउन्सिलले जनाएको छ ।
मिडवाइफतर्फ नतिजाका लागि यहाँ क्लिक गर्नुहोस् ।
नर्सिङको नतिजाका लागि यहाँ क्लिक गर्नुहोस् ।
प्रकाशित मिति: आइतबार, असार २६, २०७९ ११:१७
प्रतिक्रिया दिनुहोस्