site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
काठमाडौंको सफाइका लागि जनशक्ति थपियो, १५० जनालाई पाँच क्षेत्रमा परिचालन
Siddhartha BankSiddhartha Bank

काठमाडौ‌ं । काठमाडौं महानगरले सहर सरसफाइका लागि थप १५० जना जनशक्ति परिचालन गरेको छ । महानगरले प्रधानमन्त्री रोजगार कार्यक्रमबाट आएका र दैनिक ज्यालादारीमा लिएका जनशक्ति थपेको हो । वातावरण तथा कृषि व्यवस्थापन विभागका प्रमुख सरिता राईका अनुसार यसअघि, नियमित सरसफाइमा काम गर्ने करिब ६ सय कर्मचारी परिचालन हुने गरेको थियो ।

सहरी व्यवस्थापनमा नगर प्रहरी बल परिचालनका लागि महानगरलाई ५ क्षेत्रमा बाँडिएको छ । पूर्व क्षेत्र (वडा नंं. ६, ७, ८, ९, १०, ३१ र ३२), पश्चिम क्षेत्र (१३, १४, १५, १६, १७ ) उत्तर क्षेत्र (१, २, ३, ४, ५, २६ र ३०) मध्य क्षेत्र (११, १२, १८, १९, २०, २१, २२, २३, २४, २५, २७, २८ र २९) हुन् । यही क्षेत्रका आधारमा जनशक्ति परिचालन गरिएको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

सरसफाइ तथा अनुगमन शाखा प्रमुख नगर प्रहरी नायव उपरीक्षक पूर्णचन्द्र भट्ट भन्छन्, “एउटा समूहमा २० देखि २२ जनासम्मलाई खटाइएको छ । रत्नपार्क, रानीपोखरी, कमलपोखरी तथा ट्राफिक आइल्यान्डहरूको सफाइमा छुट्टै समूह बनाइएको छ । यस्तै, तत्काल परिचालन गर्न सकिने गरी १५ जना जनशक्ति राखिएको छ ।”

यसरी खटाइएका जनशक्तिले सडक र किनारा सफाइ गर्ने, फोहोर बटुल्ने, किनाराको झार उखेल्ने, बर्खे पानी बग्ने नालीमा जम्मा भएको माटो निकाल्ने, बोट बिरुवा गोडमेल गर्ने, काँटछाँट गर्नेजस्ता काम गर्ने गरेका छन् ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, असार २१, २०७९  १२:२६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय