site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
समयमै काम पूरा नगरे भुक्तानी रोक्ने विराटनगर महानगरको तयारी
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

विराटनगर । विराटनगर महानगरपालिकाले सञ्चालन गरेका दीर्घकालीन महत्त्वका विकास निर्माणका कार्य समयमै नसके ठेकदारको भुक्तानी रोक्ने भएको छ । महानगरपालिकाका प्रमुख नागेश कोइरालाले सञ्चालित योजनाहरूमा ढिलासुस्ती गर्ने क्रम बढेपछि निर्माण कम्पनीलाई सचेत गराएका हुन् ।

पटक–पटक म्याद थप्दासमेत निर्माण कम्पनीले विभिन्न बहाना देखाउँदै तोकिएको मितिमा निर्माण कार्य सम्पन्न नगरेकोप्रति महानगरपालिकाको ध्यानाकर्षण भएको कोइरालाले बताएका छन् । उनले भने, “निर्माणका काममा बहानाबाजी गर्ने प्रवृत्ति बढेकोले सचेत गराउँदै तोकिएकै समयमा काम पूरा गर्न निर्देशन दिएका हौँ ।” कोइरालाले निर्माणको अनुगमनलाई तीव्रता दिइएको जनाएका छन् । 

KFC Island Ad
Dabur Nepal
NIC Asia

कोइरालाको नेतृत्वमा महानगरभित्र सञ्चालित निर्माणाधीन विभिन्न विकास निर्माणका योजनाको अनुगमनसमेत गरिएको छ । महानगर कार्यालय परिसरभित्र निर्माणाधीन भवन, वीरेन्द्र सभागृह र हिमालय रोडमा निर्माण भइरहेको ब्युटिफिकेसनअन्तर्गतको कामको अनुमगन गरिएको छ । 

उपमेयर शिल्पा निराला कार्कीले वीरेन्द्र सभागृह ६ महिनाभित्र निर्माण सम्पन्न हुने गरी काम अघि बढाउन निर्देशन दिइएको बताउँदै भनिन्, “८० प्रतिशत काम पूरा भएको भन्ने जानकारी गराइएको छ । निर्माणलाई तीव्रता नदिए कानुनअनुसार अघि बढ्ने भनेका छौँ ।” सभागृह २१ करोड लागतमा पुनर्निर्माण भइरहेको छ । 

Royal Enfield Island Ad

त्यहाँ अपांगमैत्री हुने भनिएको भवनमा  भीआईपी कक्ष, आराम कक्ष, मञ्च, पोसाक परिवर्तन गर्ने कोठा, सुविधा सम्पन्न शौचालय र पार्किङको सुविधा हुनेछ । यसको काम ढेड वर्षमा सक्ने भनिएकोमा एक वर्ष पूरा भइसकेको छ । 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, असार २१, २०७९  १०:३०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro