site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
इंग्ल्यान्ड सनसनीपूर्ण जितनजिक
Sarbottam CementSarbottam Cement

काठमाडौं । एडबास्टनमा जारी टेस्ट क्रिकेटको चौथो दिन इंग्ल्यान्डले रोमाञ्चक प्रदर्शन गरेपछि  घरेलु टोली भारतविरुद्धको पाँचौं टेस्टमा सनसनी जितको नजिक पुगेको छ । 

इंग्ल्यान्डले जितका लागि ३७८ रनको लक्ष्य पाएको थियो । चौथो दिन सकिँदा इंग्ल्यान्ड २५९/३ को स्थितिमा छ । घरेलु टोलीलाई अब जितका लागि ११९ रन आवश्यक छ । इंग्ल्यान्डका जो रुट ७६ र जोनी बेयरिष्टो ७२ रन बनाएर क्रिजमा छन् । 

Prabhu Bank
Agni Group
NIC Asia

पाहुना टोली भारतले १२५/३ को स्थितिबाट चौथो दिन सुरु गरेको थियो । भारतका चेतेश्वर पुजरा ५० र रिशब पन्त ३० रन बनाएर क्रिजमा थिए । पहिलो इनिङ्समा ४१६ रन बनाएको भारतले दोस्रो इनिङ्समा २४५ रन जोड्दा सबै विकेट गुमाएको थियो । 

पुजराले ६६ रन बनाउँदा पन्तले ५७ रन बनाए । श्रेयस ऐयरले १९, रविन्द्र जडेजाले २३ र मोहम्मद शामीले १३ रन बनाए । अन्यले दोहोरो अंकमा रन बनाउन सकेनन् । इंग्ल्यान्डका बेन स्टोक्सले ४ विकेट लिँदा म्याथ्यु पोट्स र स्टुवार्ट ब्रोडले समान दुई विकेट लिए । ज्याक लेच र जेम्स एन्डरसनको एक एक विकेट लिए । 

Global Ime bank

पहिलो इनिङ्समा २८४ रन बनाएको इंग्ल्यान्डका ओपनर एलेक्स लिसले दोस्रो इनिङ्समा ५६ रन बनाए । ज्याक क्राउलेले ४६ रन बनाए । ओली पोप शून्यमा आउट हुँदा रुट ७६ र बेयरिष्टो ७२ रन बनाएर क्रिजमा छन् । बेयरिष्टोले पहिलो इनिङ्समा पनि १०६ रन बनाएर इंग्ल्यान्डको इनिङ्स उकासेका थिए । भारतका जसप्रित बुमराहले २ विकेट लिए । 

पहिलो इनिङ्समा इंग्ल्यान्ड एक समय ८३/५ को स्थितिमा थियो । तर, बेयरिष्टोले इंग्ल्यान्डलाई सम्मानजनक स्थितिमा पुर्याएका थिए । 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, असार २१, २०७९  ०९:०३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
अनशनकारीको उपेक्षा नगर !
अनशनकारीको उपेक्षा नगर !