site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
युक्रेनमा रुसी क्षेप्यास्त्र आक्रमण, कम्तीमा २१ जनाको मृत्यु
फाइल तस्बिर ।
Sarbottam CementSarbottam Cement

किभ । युक्रेनमा शुक्रबार फेरि रुसी क्षेप्यास्त्र आक्रमण भएको छ । युक्रेनमा पछिल्लो समय लगातार रुसी क्षेप्यास्त्र आक्रमणका घटना भइरहेका छन् । पछिल्लो घटनामा परी कम्तीमा २१ जनाको मृत्यु भएको छ ।

देशको ओडेसा क्षेत्रमा रहेको आवासीय भवनमा क्षेप्यास्त्र आक्रमण हुँदा त्यहाँ रहेका २१ जनाको मृत्यु भएको अधिकारीहरूले जनाएका छन् । घटनामा परी अरू केही घाइते भएको र उनीहरूको स्थानीय अस्पतालहरूमा उपचार भइरहेको पनि अधिकारीहरूले जानकारी दिएका छन् ।

Prabhu Bank
Agni Group
NIC Asia

सेर्हीभ्का भन्ने ठाउँमा रहेको नौतले भवनमा आक्रमण भएको हो । आक्रमण भएको भवनमा झन्डै १०० जना बस्दै आएका थिए । त्यो भवन अहिले क्षतिग्रस्त भएको छ ।

स्थानीय समयानुसार शुक्रबार राति १ बजे आक्रमण भएको हो । घटनास्थलमा उद्धार तथा खोजीकार्य भइरहेको अधिकारीहरूले जनाएका छन् ।

Global Ime bank

रुसी अधिकारीहरूले भने आक्रमण नभएको दाबी गरेका छन् । रुसी राष्ट्रपति कार्यालयका प्रवक्ता दिमित्री एस पेस्कोभले शुक्रबार भएको आक्रमण पनि अस्वीकार गरेका छन् । कुनै स्थानीय बासिन्दा वा भौतिक संरचनालाई लक्षित गरेर आक्रमण गर्ने आफूहरूको योजना नरहेको उनको दाबी छ ।

गएको फेब्रुअरीदेखि रुसले युक्रेनमाथि आक्रमण गर्दै आएको छ । आक्रमणका कारण ठूलो जनधनको क्षति भएको छ भने आर्थिक तथा राजनीतिक रूपमा विश्वभरि नै असर परेको छ । रासस/एएनआई

NIBLNIBL
प्रकाशित मिति: शनिबार, असार १८, २०७९  १४:२८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय