site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
मधेस प्रदेशको कृषि मन्त्रालयमा तालाबन्दी
Siddhartha BankSiddhartha Bank

जनकपुरधाम । मधेस प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयमा तलाबन्दी गरिएको छ । शीतभण्डार निर्माणको काम सम्पन्न भएपनि रकम भुक्तानी नगरेको भन्दै निर्माण संस्थाका प्रतिनिधिहरूले मन्त्रालयमा तलाबन्दी गरेका हुन् । 

प्रदेश सरकारले ०७६ जेठ २९ गते शीतभण्डार निर्माण गर्न कृषक समूहसँग सम्झौता गरेको थियो । तीनवटा निर्माण संस्थाको चार करोडभन्दा बढी रकम भुक्तानी हुन बाँकी रहेको बताइएको छ । भुत्तानीसँगै समयमा मलखाद र बिउबिजन उपलब्ध गराउनुपर्ने, प्राकृतिक विपद्का कारण किसानलाई भएको क्षतिपूर्ति दिनुपर्नेलगायतका माग राखेर उनीहरू आन्दोलित भएका हुन् । 

Prabhu Bank
Agni Group
NIC Asia

कृषि मन्त्रालयमा जनता समाजवादी पार्टी (जसपा)बाट विजयकुमार यादव मन्त्री छन् । मुख्यमन्त्री लालबाबु राउतसँग उनको टसल बढेपछि यादवलाई अर्थ मन्त्रालयबाट हटाएर कृषि मन्त्रालयको जिम्मेवारी दिएको थियो ।

कतिपयले अहिलेको तालाबन्दी मुख्यमन्त्रीकै डिजाइनमा भएको हुनसक्ने बताएका छन् । जसपाका धनुषा अध्यक्ष एवं मुख्यमन्त्री राउत निकटका शेष नारायण यादवको नेतृत्वमा तलाबन्दी गरिएको हो ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असार १६, २०७९  १८:००
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय