काठमाडौं । सत्तारूढ दल नेपाली कांग्रेसले गएको वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा वडाध्यक्षले पाएको मतले पार्टीलाई पहिलो दलका रूपमा स्थापित गरेको जनाएको छ ।
उपसभापति पूर्णबहादुर खड्काको संयोजकत्वमा रहेको स्थानीय तह केन्द्रीय परिचालन समितिले तयार पारेको प्रतिवेदनमा कांग्रेसले ३८ लाख ८३ हजार ८३१ मत पाएको भन्दै यो सर्वाधिक मत भएको उल्लेख छ ।
“यो मत भनेको प्रतिपक्षी दल एमालेभन्दा एक लाख ७५ हजार ७६ मत बढी हो,” प्रतिवेदनमा लेखिएको छ ।
कांग्रेसले गाउँपालिकाका अध्यक्ष र नगरका प्रमुख गरी ७५२ मध्ये ३२९ स्थानीय तह जितेको प्रतिवेदनमा जनाइएको छ । “यो भनेको ४४ प्रतिशत हो,“ प्रतिवेदनमा लेखिएको छ ।
गठबन्धनमा रहेर उमेदवारी दिइएको भन्दै ५२ प्रतिशत प्रमुख र ५६ प्रतिशत उपप्रमुखमा जित हासिल गरेको प्रतिवेदनमा उल्लेख छ ।
प्रतिवेदन पढ्नोस्–