site stats
बाह्रखरी :: Baahrakhari
Baahrakhari KathaBaahrakhari Katha
राजनीति
Global Ime bankGlobal Ime bank
एसपीपी केपी ओलीको समयमा ल्याएको थियो, मैले रोकेँ भनेर ढाँटिरहेका छन् : ओली 
SkywellSkywell

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एसपीपी आफ्नो समयमा ल्याएको र अहिले रोकिएको भन्दै राष्ट्रिय तथा अन्तराष्ट्रिय रूपमा ढाँटिएको बताएका छन् । मदन भण्डारीको ७१औं जन्मजयन्तिका अवसरमा आयोजित कार्यक्रममा उनले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डप्रति लक्षित गर्दै उनले फट्याइँ गरिरहेको आरोप लगाए । 

“एकजना नेताले पटक–पटक भनिरहेका छन् । एसपीपी केपी ओलीको समयमा ल्याएको थियो । अन्तर्राष्ट्रियरूपमा पनि ढाँटिरहेका छन् । राष्ट्रियरूपमा पनि ढाँटिरहेका छन्,” ओलीले भने,“केपी ओलीको समयमा ल्याएको थियो मैले भूमिका खेलेर अहिले रोकाएँ भनेर । योभन्दा बढ्ता ढाँटको कुरो योभन्दा बढ्ता फट्याइँ के हुन्छ ?” उनले तत्कालीन रक्षामन्त्रीसमेत रहेका प्रधानमन्त्री सुशील कोइरालाले एसपीपीको अंग बन्न तयार छ भनेर निर्णय गरिएको बताए । 

Dabur Nepal
NIC Asia

ओलीले आफू प्रधानमन्त्री हुँदा कोइरालाकै आदेशअनुसार पत्र पठाइएको बताए । उनले पहिलेको पत्रसमेत देखाउन माग गरे । पत्रमा चलानी नम्बर र मिति टिपेक्स लगाएर हातले लेखिएको भन्दै पहिलेको पत्र देखाउन माग गरे । २७ अक्टोबर हातले लेखिएको भन्दै आफूलाई फसाउनका लागि छली काम गरेको आरोप लगाए । आफू प्रधानमन्त्री हुँदा एसपीपी सम्झौता भएको भए पनि गलत भएको बताए । 

ओलीले २०१९ मा नै एसपीपीलाई आफ्नो समयमा स्थगित गरिएको र अहिले एसपीपीबारे नयाँ ड्राप्ट ल्याएको आरोप पनि लगाए । एसपीपी फिर्ता गर्ने बताए पनि त्यसको खतरा कायमै रहेको उनको भनाइ छ । ओलीले राष्ट्रियता भन्ने कुरा तमासा गने, झुक्याउने, तमासा गर्ने चिज नभएको बताए । भूगोलदेखि समाजको हितका कुरा राष्ट्रियताभित्र पर्ने उनको भनाइ छ ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, असार १४, २०७९  १७:३६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro