site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
महिन्द्राको ‘अल–न्यु स्कर्पियो–एन’ नेपाली बजारमा

काठमाडौं  । महिन्द्राले एसयूभी नेपालमा ‘अल–न्यु स्कर्पियो–एन’ सार्वजनिक गरेको छ । अल–न्यु स्कर्पियो–एनलाई यसको प्रभावशाली उपस्थिति, हेड–टर्निङ डिजाइन, कमान्डिङ ड्राइभिङ पोजिसन र राम्रोसँग सजावट गरिएको भित्री साजसज्जासहित पुनर्परिभाषित गरी डी–सेगमेन्ट एसयूभी श्रेणीमा डिजाइन गरिएको कम्पनीले जनाएको छ ।

“भारतसँगै दक्षिण अफ्रिका र अल–न्यु स्कर्पियो–एन नेपालमा एकैसाथ सार्वजनिक गर्न पाउँदा हर्षित छौँ ।” सार्वजनिक कार्यक्रममा बोल्दै एम एन्ड एम लिमिटेड, अटोमोटिभ डिभिजनका अध्यक्ष विजय नाकराले भने, “यसै वर्ष नेपालमा ल्याउने योजना बनाइएका एसयूभीको शृंखलामध्ये पहिलो हो । यो नयाँ ‘ट्विन पिक्स लोगो’ बोक्ने पहिलो एसयूभी पनि हो । यो नयाँ ब्रान्ड पहिचान परिष्कृत र प्रामाणिक एसयूभीहरूको निर्माता बन्ने महिन्द्राको रणनीति अनुरूप छ । यसले हाम्रो एसयूभी पोर्टफोलियोमा रणनीतिक परिवर्तनको घोषणा गर्छ, यो नयाँ संसारका लागि प्रस्तुत गरिने प्रामाणिक एसयूभीहरू श्रृंखलाको यो पहिलो कदम हो ।”

Argakhachi Cement Island Ad

अग्नि मोटर्सले महिन्द्रासँगको हाम्रो सम्बन्धप्रति गौरवान्वित छ, जुन तीन दशकभन्दा लामो समयदेखि कायम छ र स्कर्पियोको नयाँ अवतारका साथ ग्राहकहरूलाई खुसी पार्न तत्पर छ । शुभारम्भमा बोल्दै अग्नि ग्रुपका प्रबन्ध निर्देशक क्याबिनेट श्रेष्ठले भने, “स्कार्पियो ब्रान्डले गत दुई दशकमा नेपालमा प्रतिष्ठित ब्रान्डको रूपमा आफूलाई स्थापित गरेको छ । भारतको शुभारम्भसँगै नेपालमा पनि अल–न्यु स्कर्पियो–एन प्रस्तुत गर्न पाएकोमा हामी गौरवान्वित छौँ ।”

ठूलो, बलवान्, शक्तिशाली, अत्याधुनिक र सुरक्षा र प्रविधिले निर्माण गरिएको कम्पनीले जनाएको छ । यस्तै, द स्कर्पियो–एन एक, जसमा १४९.१४ किलोवाट शक्ति र ३८० एनएम टेर्क उत्पादन क्षमताको टीजीडीआई एमस्टालियन इन्जिनद्वारा सञ्चालित छ र १२८.६ किलोवाट शक्ति र ४०० एनएम टकको एमहक  इन्जिनयुक्त पनि छ, दुवै म्यानुअल र अटोमेटिक ६ स्पिड ट्रान्समिसन र फोरह्विल ड्राइभ विकल्प रहेको छ ।

डिजाइनको कमान्डिङ प्रकृति सहजै अग्र भागमा पनि अनुवादित भएको छ । उत्कृष्ट कफी–ब्ल्याक लेथरेट अपहोल्स्ट्री, उत्कृष्ट कमान्ड सिट पोजिसन, बलियो मेटल फिनिस्ड डुअल रेलमा घेरिएको सेन्टर कन्सोल, उन्नत इन्फोटेनमेन्ट प्रणाली र थप कुराहरूका साथ यात्रुहरूलाई लागि पनि कम्फटेबल रहेको कम्पनीले जनाएका छ ।

गतिशील क्षमता र आश्वासनदायी ह्यान्डलिङ क्षमताहरूको उल्लेखनीय स्तर प्रस्ताव गर्न नवीनतम पुस्ताको बडी–अन–फ्रेम संरचनालाई अनुकूलन गरिएको छ । यसबाहेक, आत्मविश्वासपूर्ण सवारी सञ्चालन र ह्यान्डलिङ विशेषता प्रदान गर्न पेन्टा–लिंक रियर सस्पेन्सनयुक्त सेगमेन्ट–फस्र्ट वाट्स  लिंक प्रणाली रहेको छ । जसले गर्दा यात्रालाई सहज र आरामदायी बनाउन थप सहयोग पुग्ने कम्पनीले विश्वास लिएको छ ।

केवल स्पर्शका साथ, इलेक्ट्रिक सिफ्ट–अन–द–फ्लाई ४व्हील ड्राइभ सिस्टमले २ डब्ल्यूडी मोडबाट द स्कर्पियो–एनलाई सबै–विजय गर्ने, सक्षम ४ डब्लूडी प्राणीमा रूपान्तरण गर्दछ । स्कर्पियो–एनले पनि चालकको मुडः जिप, जाप र जुम मिलाउन तीन ड्राइभ मोड प्राप्त गर्दछ ।  

अल–न्यु स्कर्पियो–एनमा यसको सेगमेन्टमा सबैभन्दा कम कार्बन उत्सर्जन हुन्छ । सुरुदेखि नै सक्षम इन्जिनियरिङ र उत्पादन विकासद्वारा यो उपलब्धि हासिल गरिएकोे हो । कार्बन तटस्थतातर्फ अघि बढ्ने महिन्द्राको लक्ष्यअन्तर्गत एमएन्डएमले सचेतनापूर्वक धेरै वातावरण मैत्री निर्माण प्रक्रिया अपनाएको कम्पनीले जनाएको छ ।

प्रकाशित मिति: मंगलबार, असार १४, २०७९  १५:२०
प्रतिक्रिया दिनुहोस्