राजनीति
काठमाडौं । राष्ट्रिय जनमोर्चाकी सांसद दुर्गा पौडेलले प्रवासमा रहेका नेपालीलाई मतदानको अधिकार सुनिश्चित गर्न माग गरेकी छन् ।
आइतबार प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै उनले आसन्न प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा प्रवासी नेपालीले मतदान गर्न पाउने अधिकार सुनिश्चित गर्न सरकारसँग माग गरेकी हुन् ।
“आउने निर्वाचनतमा प्रवासी नेपालीहरूलाई मतदानको अधिकारीको निम्ति व्यवस्था गर्नुपर्छ । सरकारसँग हाम्रो गम्भीर माग छ,” उनले भनिन्, “मतदानको व्यवस्था गर्दा भारतलगायत सम्पूर्ण मुलुकमा रहेका नेपालीहरूले मत हाल्न पाउनुपर्छ । प्रत्यक्ष निर्वाचनतर्फ र समानुपातिकतर्फ व्यवस्था गर्न माग गर्दछु ।”
प्रकाशित मिति: आइतबार, असार १२, २०७९ १३:५७
प्रतिक्रिया दिनुहोस्