फोटो फिचर
काठमाडौं । बढ्दो मूल्यवृद्धिविरुद्ध नागरिक समाजले प्रदर्शन गरेको छ । बिहीबार नागरिक समाजले बढ्दो मूल्यवृद्धि रोकथाम गर्न माग गर्दै सरकारविरुद्ध प्रदर्शन गरेको हो ।
समाजले रासायनिक मलको अभावदेखि पेट्रोलियम पदार्थमा भएको चर्को मूल्यवृद्धि नियन्त्रण गर्न सरकारसँग माग गरेको छ ।
अहिले नेपालका किसान, आम नागरिक महँगीको कारण मारमा परेको प्रदर्शनकारीले बताएका छन् । अहिले किसानले मल बिउको अभाव भोग्दै छन् भने पेट्रोलियम पदार्थ लगायत उपभोग्य वस्तुमा भएको मूल्यवृद्धिले दैनिक जीवनमा असर परिरहेको छ ।
प्रकाशित मिति: बिहीबार, असार ९, २०७९ २०:१३
प्रतिक्रिया दिनुहोस्