राजनीति
काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उडड्यनमन्त्री प्रेम आलेले आफू नेकपा एमालेमा प्रवेश हल्ला झुट भएको बताएका छन् ।
पछिल्लो समय आले एमालेमै फर्किने चर्चा चल्दै आएको छ । मन्त्री आलेले बाह्रखरीसँग भने, “म एमाले प्रवेश गर्ने कुरा शतप्रतिशत झुटो हो । मेरो भनाइ यही हो ।”
आले नेकपा एकीकृत समाजवादीबाट सरकारमा सहभागीमन्त्री हुन् । सो पार्टीले सरकारमा रहेका मन्त्रीहरूलाई फिर्ता बोलाउने तयारी गरेको छ ।
आले पछिल्लो समय अश्लील गालीका कारण विवादित बन्दै आएका छन् ।
प्रकाशित मिति: बिहीबार, असार ९, २०७९ १०:४१
प्रतिक्रिया दिनुहोस्