site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
पानी नपर्दा कैलालीका किसान चिन्तित 
Siddhartha BankSiddhartha Bank

धनगढी । कैलारी ५ पबेराको वीरबहादुर चौधरीलाई रोपाइँको सिजनमा महँगो डिजेल र मल समस्याका कारण चिन्तित छन् । यसपालिको धान खेती गरेर पार नलाग्ने सोचमा उनी छन् । किसानको समस्या त कसैले सुन्दैनन् वीरबहादुर चौधरीले भने–‘मलखाद त पाइँदैन महँगो डिजेलले थप समस्या भएको छ ।’ वीरबहादुर एक प्रतिनिधि पात्र मात्रै हुन् कैलालीका किसानहरूलाई यस वर्षको धान खेती गर्न निकै धौधौ परेको छ । 

कैलालीमा अहिलेसम्म वर्षात् सुरु नहुँदा रोपाइँ गर्न निकै समस्या हुन लागेको हो । असार पहिलो सातासम्ममा धान रोपाइँमा कैलालीका किसानहरू फाट्टफुट्ट व्यस्त देखिए पनि माना रोपेर मुरी फलाउने किसानहरूलाई डिजेलको मूल्य बढेर थप समस्यामा परेका छन् । 

Agni Group
NIC Asia

किसानहरूको खेतमा रोपेको धान पनि र धानका बेर्ना पनि सुक्न थालेका छन् । पानी नपर्दा डिजेल प्रयोग गरेर बोरिङबाट सिँचाइ गर्नुपर्ने बाध्यता भएको कैलारी गाउँपालिका–५ पबेराका धनियाँदेवी चौधरीले बताउँछिन् । 
पानी नपर्दा खेतमा निकै मेहेनत गरेर रोपेको धान पनि सुक्न थालेका छन् ।

लालीका अधिकांश किसानहरू आकाशे पानीको भरमा धान रोपाइँ गर्ने गर्दछन् । तर, असारको पहिलो सातासम्म पनि मनसुन सुरु नहुँदा यहाँका किसानहरू आकाश हेरेर बस्नुपर्ने बाध्यता छ । यसपालिको धान रोपाइँ गर्न निकै महँगो परिरेहको कैलारी–५ पबेराको जनक चौधरीको गुनासो छ । डिजेल महँगो, मलखाद महँगो कसरी किसानले खेती गर्ने वीरबहादुरको दुःखेसो छ । 

Global Ime bank

पानी नपर्दा छेउछाउमा भएका पोखरी तथा नालामा भएको पानी पनि सकिन लागेको छ । मनसुन छिट्टै सुरु हुन लागेकोले धान रोपाइँ पनि छिटो नै गर्ने सोच बनाएको किसानहरूको अहिले मनसुन कुरेर बसेका छन् ।  “सरकारले कहिल्यै किसानका समस्याबारे केही बोल्दैन । यसपालि रोपाइँमा लागत खर्च बढ्ने भयो, डिजेल पनि बढ्यो मलखाद अभावमा किसानको मिहिनेत धेरै भयो उत्पादन नभएपछि खर्च पनि नउठ्दैन ।” कैलारी–५ सडकपुरका किसान खुसीराम चौधरीको पीडा छ । 

समयमा धान रोपाइँ गर्न नसक्दा उत्पादन पनि कम हुने चिन्ता किसानलाई परेको छ । सरकारले कृषिमा अर्बाैको लगानी गरेको भए पनि खेतमा अझ पनि पानी पुग्न नसकेको किसानहरू बताउँछन् । 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, असार ८, २०७९  १४:०९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
SubisuSubisu