site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
साउन पहिलो सातादेखि विदेशमै मतदाता नामावली संकलन !
SkywellSkywell

काठमाडौं । विदेशमा बस्ने नेपालीलाई मताधिकार दिने विषयमा निर्वाचन आयोग सकारात्मक भएको छ । नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले मंगलबार आयोगको ध्यानाकर्षण गराएपछि आयोगले आउँदो साउनको पहिलो हप्तादेखि विदेशस्थित राजदूतावासबाट मतदाता नामावली संकलन थाल्ने प्रतिबद्धता जनाएको हो ।

सर्वोच्च अदालतले विदेशमा रहने नागरिकको पनि मताधिकार सुनिश्चित गर्ने गरी दिएको आदेश र कांग्रेस केन्द्रीय समितिको विगतको निर्णयको कार्यान्वयनका लागि महामन्त्रीद्वयले पहल थालेको थापाले जानकारी दिए ।

“विदेशमा रहेका नेपालीहरूको मताधिकार सुनिश्चित गर्ने गरी सर्वोच्च अदालतले परमादेश दिएपछि र त्यसपछिको नेपाली कांग्रेस केन्द्रीय समितिको निरन्तरताका रूपमा हामीले पहल थालेका हौँ,” महामन्त्री थापाले बाह्रखरीसँग भने, “त्यसमा प्रमुख निर्वाचन आयुक्तले ‘निर्वाचन कानुनलाई अन्तिम चरणमा पुर्‍याएका छौँ, त्यसमा तपाईंहरूले राजनीतिक दलहरूका बीचमा समझदारी कायम गराउने विषयमा पनि अग्रसरता लिइदिनुपर्‍यो, त्यसो भयो भने प्रक्रिया प्रारम्भ हुन्छ’ भन्नुभएको छ ।”

Dabur Nepal
NIC Asia

उनले विदेशमा रहेका नेपाली नागरिकलाई भोट हाल्न दिने अधिकारका लागि कानुन आवश्यक भए पनि मतदाता नामावली संकलन भने विदेशमै गर्ने व्यवस्था मिलाउन आग्रह गरेको जानकारी दिए । “जसरी काठमाडौंमा भएका देशभरका नागरिकले मतदाता नामावलीमा नाम लेखाउन यहीँ पाएका छन्, त्यो विदेशमा पनि खोलिदियौँ भने कम्तीमा निर्वाचनको समयमा आउन पाउनेहरूले त मतदानको अधिकारबाट वञ्चित हुनु पर्दैन,” उनले भने, “नेपालीहरू विदेशमा काम गर्न गएका होलान्, पढ्न गएका होलान् । चुनावको बेलामा यहाँ आउन सक्छन् र आएको बेला भोट हाल्न सक्छन् । त्यो नेपालको प्रचलित कानुनानुसार पनि मिल्ने हुँदा त्यसमा आयोग सकारात्मक भएको छ ।”

उनले साउनको पहिलो हप्ता विदेशमा मतदाता नामावली संकलन सुरु गर्ने प्रतिबद्धता आयोगले जनाएको जानकारी दिए ।

महामन्त्रीद्वयले बाहिरका जिल्लाका लागि काठमाडौंबाट भइरहेको मतदाता नामावली संकलनलाई सहज बनाउने विषयमा पनि ध्यानाकर्षण गराएका थिए । “काठमाडौंमै बाहिरिका जिल्लाको मतदाता नामावली भर्न दिइँदा सजिलो भए पनि भीडभाड र समय व्यवस्थापनको समस्याले रुचि हुँदाहुँदै धेरैजनाले मतदाता नामावलीमा नाम लेखाउन सक्नुभएको छैन । त्यसैले काठमाडौं र अरू जिल्लालाई छुट्टाएर केन्द्रहरू बढाइदिनुस् भनेका छौँ,” थापाले भने, “उहाँले भोलिदेखि नै बढाइदिन्छौँ भन्नुभएको छ ।”

महामन्त्रीद्वयले विगतमा जस्तै पालिकास्तरमै मतदाता नामावली संकलनको कार्यक्रम राख्न पनि आग्रह गरेका थिए । आयोगले त्यो कार्य पनि सुरु हुने जनाएको छ ।

आयोगले बनाएको निर्वाचन आचारसंहिताको पालना हुन नसकेको भन्दै व्यावहारिक बनाउनका लागि पहल गर्न समेत उनीहरूले आग्रह गरेका थिए ।

“अहिले निर्वाचन आचारसंहिता अव्यावहारिक हुँदा दलहरूले पनि आचारसंहिता पढ्ने तर कसैले कार्यान्वयन नगर्ने भइरहेको छ,” थापाले भने, “बरु, छोटो–छरितो बनाऊँ, तर अनिवार्य कार्यान्वयन गरौँ । यसपटक अलिकति मिहिनेत गरेर निर्वाचनलाई मितव्ययी र खर्चलाई पारदर्शी बनाउने काम गरौँ भनेका छौँ ।”

थापाले थपे, “निर्वाचन आयोगले तोक्ने एउटा सीमा हुन्छ, त्यसमा उमेदवारहरू सीमित भएका हुँदैनन् । बरु, यसमा अलिकति काम गरौँ, जे–जे थप्ने थपौँ, हामी पनि काम गर्छौँ भनेपछि उहाँहरू एकदमै उत्साही हुनुभएको छ । चाँडै दलहरूलाई बोलाएर समयमै छलफल सुरु गरेर जे–जे अव्यावहारिक छन्, त्यसलाई हटाइदिने, निर्वाचन प्रचारप्रसारको समय थोरै राख्ने र कम खर्चिलो बनाउने विषयमा आयोग सकारात्मक भएको छ ।”

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, असार ७, २०७९  १५:५८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu