site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
महराले भने– एसपीपीमा कतै नेपाली शासकहरू झुक्ने त होइनन्, मलाई शंका छ
फाइल तस्बिर ।
Siddhartha BankSiddhartha Bank

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का नेता कृष्णबहादुर महराले नेपाली शासक झुकेर स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) सम्झौता गर्नसक्ने बताएका छन् ।

सोमबार काठमाडौंमा भएको ३१औँ किसान संघर्ष दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै नेता महराले सरकार, प्रतिपक्ष र विभिन्न राजनीतिक दलहरूले एसपीपी राष्ट्रहित विपरित भनेपछि तत्कालका लागि सम्झौता रोकिएपनि नेतृत्वले झुकेर सम्झौतामा हस्ताक्षर गर्नसक्ने बताएका हुन् ।

Agni Group
NIC Asia

नेता महराले भित्रभित्रै सम्झौता गर्ने र ४/५ महिनाको अन्तरालपछि कुरा सेलाउँदै जाँदा कुरा बाहिरिनसक्ने बताए । उनले यो सम्झौताका लागि एमसीसीले ढोका खोलेको र एमसीसीसँग जोडिएको आईपीएसको अर्को रूपमा एसपीपीले नेपालमा स्थान पाएको उल्लेख गरे ।

"एसपीपीको सन्दर्भमा केही समय त टरिसक्यो । सरकारले बोल्यो हामी गर्दैनौँ । प्रतिपक्षले बोल्यो यो राष्ट्रहितको विरुद्ध छ । सबै पार्टीहरूले बोले केही संसद्मा भएका र संसद बाहिर रहेका पार्टीहरूले पनि भने । एसपीपी नेपालको राष्ट्रिय स्वाधिनताको विपरीत छ भन्ने कुरा भएपछि यो तत्काल सम्झौता रोकियो । तर मलाई शंका छ । कतै नेपाली शासकहरू झुक्ने त होइनन् । फेरि झुकेर भित्रभित्र सम्झौता गर्ने होइनन् ?," उनले भने ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: सोमबार, असार ६, २०७९  १६:३५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय