देश
काठमाडौं । गुणस्तरहीन जारको पानी बेचेको आरोपमा काठमाडौंबाट दुईजना पक्राउ परेका छन् । जार कम्पनीको ट्रेडमार्क प्रयोग गरेर पानी बेच्ने दुईजना १९७ जारसहित पक्राउ परेको महानगरिय प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज मैनालीले बताए ।
पक्राउ पर्नेमा सर्लाहीका आशिष कार्की र चितवनका किरण श्रेष्ठ छन् । एसपी मैनालीले १९७ जार बरामद गरी वाणिज्य आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभाग, बबरमहल पठाएको बताए ।
प्रकाशित मिति: सोमबार, असार ६, २०७९ १६:१३
प्रतिक्रिया दिनुहोस्