site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Global Ime bankGlobal Ime bank
‘विक्रम’ को कमाइबाट ऋण तिर्ने योजनामा कमल हसन 

साउथ इन्डिया । दक्षिण भारतीय चलचित्रका सुपरस्टार कमल हसन आफ्नो पछिल्लो चलचित्र ‘विक्रम’ मो ब्लकबस्टर सफलताले उत्साहित छन् । जुन ३ मा रिलिज भएको ‘विक्रम’ ले अहिलेसम्म वल्र्डवाइड भारु तीन सय करोडभन्दा बढि कमाइ गरिसकेको छ । यो चलचित्र यस वर्षको सबैभन्दा धेरै ग्रस कलेक्सन गरेको तमिल चलचित्र बनिसकेको छ । 

चलचित्रको करोडौँको कमाइबाट खुसी बनेका हसनले चलचित्रका निर्देशकलाई कार र सहायक–निर्देशकलाई मोटरसाइकल उपहार दिएका छन् । यति मात्रै नभएर अभिनेता कमल हसनले हालै आफूले कमाएको करोडौँ रुपैया कहाँ–कहाँ खर्च गर्ने भनेर बताएका छन् । 

हालै पत्रकार सम्मेलनमा बोल्दै बाँकी पैसाले आफ्नो बाँकी सबै ऋण चुक्ता गर्ने बताएका हुन् । उनी भन्छन्, “म अब आफ्नो सबै ऋण चुक्ता गर्नेछु । मन भर्नेगरी खान्छु र मेरो परिवार अनि साथीहरूलाई जे–जति दिन सक्छु दिन्छु । चाहे त्यो पछि म सँग केही बाँकी नहोस् । मलाई अब तेस्रो व्यक्तिसँग पैसा लिएर दोस्रो व्यक्तिलाई सहयोग गरेको देखावटी गर्नुपर्ने छैन । म एउटा राम्रो व्यक्ति बन्न चाहन्छु ।”

जम्मा भारु १५० करोड लगानीमा बनेको यस चलचित्रबाट कमल हसनले ५० करोड मात्रै पारिश्रमिक लिएका छन् । यस चलचित्रलाई हसनले आफ्नो ब्यानरमार्फत निर्माण गरेका हुन् । 

‘विक्रम’ सन् १९८६ मा रिलिज भएको सोही नामको सिक्वल हो, जसको लिड रोलमा कमल हसन नै थिए । यसको सिक्वेललाई लोकेश कनगराजले निर्देशन गरेका हुन् । चलचित्रमा कमलका साथै विजय सेतुपति, सूर्या, फराद फासिललगायत साउथ कलाकारहरूको अभिनय रहेको छ । हिन्दी र तेलुगु भाषामा ‘विक्रम’ लाई ‘विक्रम हिटलिस्ट’ नामबाट रिलिज गरिएको हो । नवभारत टाइम्स 
 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
प्रकाशित मिति: बुधबार, असार १, २०७९  १७:२६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Kitchen Concept AdvertisementKitchen Concept Advertisement
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro