site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
त्रिविको नेपाली विषय पाठ्यक्रम निर्माणमा ‘मनोपोली’  

काठमाडौं । महिला साहित्यकारले त्रिभुवन विश्वविद्यालय (त्रिवि)को नेपाली विषयको पाठ्यक्रम निर्माणमा ‘मनोपोली’ भएको आरोप लगाएका छन् । त्यसमा महिला साहित्यकारका रचना थोरै मात्र परेको भन्दै उनीहरूले आक्रोश व्यक्त गरेका छन् ।

शुक्रबार (फागुन २३) ललितपुरमा आयोजित कार्यक्रममा त्रिविमा अध्यापनरत विन्दु शर्माले नेपाली केन्द्रीय विभागले पछिल्लो समय पहुँचका आधारमा पाठ्यक्रममा रचना राख्न थालेको बताइन् । नारी स्रष्टाका रचनालाई उपेक्षा गरिएको उनले गुनासो गरिन् ।

एमए र बीएको पाठ्यक्रम निर्माण गर्दा विषय समिति र नेपाली विभागका प्रमुखले मनलाग्दी रचना राखेको उनको भनाइ थियो ।

शर्माले अग्रज साहित्यकारहरू पारिजात र तोया गुरुङसहित थोरै मात्र नारी स्रष्टाका रचना परेको उल्लेख गरिन् । पाठ्यक्रममा पुरुषवादी चिन्तन हाबी भएको उनले बताइन् ।

उनले भूपि शेरचन पनि पाठ्यक्रममा नपरेको बताइन् । अब्बल होइन कि भनसुनका आधारमा रचना राखिएको भन्दै उनले आलोचना गरिन् ।

डा. रजनी ढकालले आफूहरूलाई पाठ्यक्रम बनाउन भनिएको तर पछि त्यसलाई तोडमोड गरेर निकालिएको भन्दै आक्रोश व्यक्त गरिन् ।

कवि रीता खत्रीले अबको बाटो खोज्नुपर्नेमा जोड दिइन् । त्यसका निम्ति सबैको साथ जरुरी भएको उनले बताइन् ।

कार्यक्रममा उपस्थित अरू सर्जकले पनि ३३ प्रतिशत महिलाका रचना अनिवार्य समावेश हुनुपर्नेमा जोड दिए । विषय समितिले मनोपोली गरेको भन्दै उनीहरूले आक्रोश व्यक्त गरे ।

कार्यक्रममा साहित्यकार हिरण्यकुमारी पाठकका कृतिमाथि समालोचनात्मक छलफल पनि गरिएको थियो ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: शनिबार, फागुन २४, २०८१  २०:५७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro