site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
पोर्चुगल पठाइदिन्छु भन्दै नक्कली कागजात दिएर ठगी गर्ने पक्राउ
प्रतीकात्मक तस्बिर ।
Siddhartha BankSiddhartha Bank

काठमाडौं । पोर्चुगल पठाइदिन्छु भन्दै नक्कली कागजात समेत दिई ठगी गरेको आरोपमा एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका–४, बालुवाटार घर भई टोखा नगरपालिका–६, ग्रान्डी बस्ने रोहित प्रजापति भनिने ३५ वर्षीय रोजित श्रेष्ठ छन् ।

रोजितले बालुवाटारमा संयुक्त नेपाल अनाथ आश्रम असहाय समाज संस्था सञ्चालन गरेका र आफू उक्त संस्थाको केन्द्रीय अध्यक्ष भएको भन्दै ठगी गरेको पाइएको छ ।

Agni Group
NIC Asia

उनले पोर्चुगलमा संस्थाको सेमिनार हुन लागेकोले पोर्चुगल पठाइदिन्छु भन्दै प्रलोभनमा पारी भिसा प्रक्रिया तथा हवाई टिकटका लागि आठ पीडितहरूबाट ३३ लाख ५० हजार रुपैयाँ रकम लिई ठगी गरेको पाइएको छ ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मीनभवनबाट खटिएको प्रहरीले रोहितलाई बालुवाटारबाट पक्राउ गरेको हो । साथै, पीडितहरूको नाममा जारी गरिएका हवाई टिकट तथा भिसा नक्कली भएको अनुसन्धानको क्रममा खुलेको प्रहरीले जनाएको छ ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बुधबार, असार १, २०७९  १२:३४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय