site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
अर्थतन्त्र जोगाउन चिया कम पिउन पाकिस्तान सरकारको आग्रह

इस्लामावाद । देशको अर्थतन्त्र जोगाउन पाकिस्तान सरकारले त्यहाँका मानिसहरुलाई चिया कम पिउन आग्रह गरेको छ । 

वरिष्ठ मन्त्री एहसान इकबालले थोरै कप चिया पिउँदामात्रै पनि आयात बिल घटाउने बताएको बीबीसीले जनाएको छ । अहिले पाकिस्तानमा भएको विदेशी सञ्चिति मुद्रा सम्पूर्ण सामानको आयात गर्नुपर्दा दुई महिना पनि नपुग्ने अवस्था छ । 

पाकिस्तान विश्वको सबैभन्दा ठूलो चिया आयातकर्ता हो । जसले गतवर्ष मात्रै ६ सय मिलियन डलर बराबरको चिया आयात गरेको थियो ।  “म देशबासीलाई चियाको खपत एक वा दुई कपले कम पिउन अपिल गर्छु । किनकि हामी चिया ऋण लिएर आयात गरिराखेका छौँ,” पाकिस्तानी सञ्चार माध्यमअनुसार मन्त्री इकबालले भने । 

व्यवसायीले पनि विद्युत् बचत गर्न साढे ८ बजे नै पसल बन्द गर्न सक्ने उनले सुझाव दिएका छन् । 

पाकिस्तानको विदेशी मुद्रा सञ्चिति द्रुत गतिमा घट्दै गएको बेलामा उच्च आयात लागत घटाउन र देशमा मुद्रा बचाइ राख्न कदम चाल्न चौतर्फी दबाब आएपछि सरकारबाट यो अनुरोध आएको हो । 

चिया पिउन कम गर्नको लागि गरिएको अनुरोध पाकिस्तानको सामाजिक सञ्जालमा भाइरल भएको छ । धेरैले चिया कफीजस्ता पेय पदार्थको आयात घटाएर देशको गम्भीर आर्थिक समस्यालाई सम्बोधन गर्न सकिन्छ भन्ने शंका व्यक्त गरेका छन् । बीबीसीबाट 
 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
प्रकाशित मिति: बुधबार, असार १, २०७९  ०८:५७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Kitchen Concept AdvertisementKitchen Concept Advertisement
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro