site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
दुई महिलालाई नग्न बनाई कुटपिट गर्ने दुईजना पक्राउ
प्रतीकात्मक तस्बिर ।
Sarbottam CementSarbottam Cement

जलेश्वर । महोत्तरीको सदरमुकाम जलेश्वर नगरपालिका–६, ठूलो धबौली गाउँमा दुई महिलालाई ‘बोक्सी’को आरोप लगाएर कुटपिट गरी ज्यान मार्ने उद्योग गरेको आरोपमा प्रहरीले एक महिला र एक पुरुषलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा स्थानीय ४५ वर्षीय भुलनराम चमार र २८ वर्षीया सोमनदेवी भनिने सोमारी देवी रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक कृष्ण पंगेनीले बताए ।

Prabhu Bank
Agni Group
NIC Asia

प्रहरी उपरीक्षक पंगेनीका अनुसार सोही गाउँका दुई महिलालाई बोक्सीको आरोप लगाउँदै पक्राउ परेका भुलन र सोमारीसहित १०–११ महिला–पुरुष मिलेर शरीरका सबै कपडा च्यातेर निर्वस्त्र पारी कुटपिट गर्नाका साथै ज्यान मार्ने उद्योग गरेको भन्दै पीडितका छोरा र नातिले शुक्रबार जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएका थिए ।

जाहेरीपछि प्रहरीले सो घटनामा संलग्न रहेको आरोपमा भुलन र सोमारीलाई आज पक्राउ गरेको हो । निजहरूउपर बोक्सीको आरोप लगाई कुटपिट गरी ज्यान मार्ने उद्योग मुद्दा चलाएर कारबाही प्रक्रिया अगाडि बढाएको छ । बाँकी फरार व्यक्तिको खोजतलास भइरहेको जनाइएको छ ।

Global Ime bank

घटनाका प्रत्यक्षदर्शी स्थानीयवासीका अनुसार स्थानीय तलेवर राम, भुलन राम, रामु राम, राकेश राम, रवी राम, बहुरीदेवी राम, सोमनदेवी राम, आरतीदेवी राम, पवनदेवी राम र सुटियादेवी रामले ती दुवै महिलालाई बोक्सी भन्दै नग्न पारेर हात, मुक्का, लात्तीले मरणासन्न गरी कुटपिट गरेका थिए ।

मरणासन्न गरी कुटिएकी एक महिलाको जिल्ला अस्पताल जलेश्वरमा प्राथमिक उपचारपश्चात् थप उपचारका लागि प्रादेशिक अस्पताल जनकपुर लगिएको र अहिले पनि सोही अस्पतालमा उपचार भइरहेको बताइएको छ ।

प्रहरीले ती महिलालाई उद्धार गरी लगेपछि गाउँभन्दा ५०० मिटर टाढा खेतमा काम गरिरहेकी अर्की महिलालाई पनि सोही समूहले खेतमै गएर शरीरका सबै कपडा च्यातेर उनीसँग पनि त्यस्तै व्यवहार गरेको बताइएको छ । रासस

NIBLNIBL
प्रकाशित मिति: शनिबार, जेठ २८, २०७९  १८:५८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC