site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
स्वास्थ्य र शिक्षालाई सेवाका रूपमा लिनुपर्छ : प्रमुख बालेन
फाइल तस्बिर ।
Sarbottam CementSarbottam Cement

काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)ले स्वास्थ्य र शिक्षालाई व्यापारका रूपमा नभई सेवाका रूपमा प्रवाह गरिनुपर्नेमा जोड दिएका छन् । क्षत्रपाटी निःशुल्क चिकित्सालयको नवनिर्मित भवन अवलोकन तथा त्यहाँबाट प्रवाह भइरहेको सेवाको अनुगमनका क्रममा उनले सो कुरा बताएका हुन् ।

महानगर प्रमुख शाहले उक्त अस्पतालबाट असहाय, गरिब तथा आर्थिक अभाव भएकालाई निःशुल्क उपचारको ग्यारेन्टी गर्न पनि उक्त चिकित्सालयलाई निर्देशन दिए ।

Prabhu Bank
Agni Group
NIC Asia

“शिक्षा र स्वास्थ्य भनेको सरकारको प्राथमिक एजेन्डा हो । यसलाई सेवाकै रूपमा लिनुपर्छ, व्यापार हुनु हुँदैन भन्ने सोचले काम गर्नुस्,” उनले भने । आवश्यक पर्ने सहयोग गर्न आफू तयार भएको उनले बताए  । 

स्वास्थ्य र सरसफाइमा कामपाले उच्च चासो दिएको बताउँदै महानगर प्रमुख शाहले यसका लागि नयाँ योजना तथा सल्लाह र सुझाव लिएर आउनेसँग सहकार्य गरिने प्रतिबद्धता पनि जनाए ।

Global Ime bank

अस्पताल प्रवेश गर्ने जोसुकै पनि अहिलेसम्म उपचारविहीन अवस्थामा फर्कनु नपरेको अस्पतालले जनाएको छ ।  रासस

NIBLNIBL
प्रकाशित मिति: शनिबार, जेठ २८, २०७९  १६:०५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement