site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
बानेश्वरमा फल्चा शैलीमा निर्मित बस बिसौनी सञ्चालनमा

काठमाडौं । अरनिको राजमार्गअन्तर्गत बानेश्वर क्षेत्रमा फल्चा शैलीमा निर्माण गरिएको बस बिसौनी सञ्चालनमा ल्याइएको छ । मंगलबार काठमाडौं महानगरपालिका–१० का वडाध्यक्ष रामकुमार केसीले फल्चा बस बिसौनीको उद्घाटन गरेका हुन् ।

अध्यक्ष केसीले बानेश्वर क्षेत्र राजनीतिक आन्दोलनको केन्द्र भएको भन्दै त्यसक्रममा सम्पदा बिगार्न नहुने बताए । उनले सार्वजनिक सम्पत्तिको रक्षा गर्ने दायित्व सबैको भएकामा जोड दिए ।

Dabur Nepal
NIC Asia

उनले परम्परागत निर्माण सामग्री र शैलीको प्रयोग गरेर नमुना बस बिसौनी बनाइएको सुनाए । यस्ता संरचना राजनीतिक आन्दोलनको मारमा पर्न नहुने उनले बताए । बिसौनीको संरक्षणका निम्ति स्थानीयदेखि सबै चनाखो हुन जरुरी रहेको उनले उल्लेख गरे ।

“बानेश्वर क्षेत्र राजनीतिक आन्दोलनको केन्द्र हो । जस्तोसुकै आन्दोलन भए पनि यस्ता संरचना बिगार्नु हुँदैन,” उनले भने, “हामीले परम्परागत निर्माण सामग्री र शैलीको प्रयोग गरेर नमुना बस बिसौनी बनाएका छौँ । राजनीतिक दलहरूसँग आग्रह गर्न चाहन्छु– यस्ता संरचनाहरू राजनीतिक आन्दोलनको मारमा नपरून् ।”

उक्त क्षेत्रमा उस्तै शैलीका दुई बस बिसौनी निर्माण गरिएको छ । बबरमहलबाट बानेश्वरतर्फको सडकखण्डस्थित यी दुई फल्चाको लागत ६२ लाख रुपैयाँ रहेको बताइएको छ ।

यसको निर्माणमा कलात्मक थाम, निदाल र दलिनको प्रयोग गरिएको छ । बस्नका निम्ति काठकै मेच राखिएको छ । बिसौनीभित्र प्रकाशका लागि बत्ती जडान गरिएको छ । न्युज एजेन्सी नेपाल

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: मंगलबार, जेठ १, २०८१  १३:२६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro