देश

काठमाडौं । काठमाडौंको सुकेधारास्थित रोयल मार्बल नजिकैको सडकको नालामा आज एक पुरुषको शव फेला परेको छ ।
काठमाडौं महानगरपालिका–४, सुकेधारास्थित नालीमा खोटाङको हलेसी तुवाचुङ नगरपालिका–७ घर भई हाल काठमाडौं–७ चाबहिल बस्दै आएका ४४ वर्षीय भीषण गिरीको शव फेला परेको हो । जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता, प्रहरी उपरीक्षक नवराज अधिकारीका अनुसार नालामा घोप्टो परेको अवस्थामा उनको शव फेला परेको हो ।
प्रवक्ता अधिकारीका अनुसार गिरीको शव परीक्षणका लागि शिक्षण अस्पताल महाराजगञ्ज लगिएको छ । रासस
प्रकाशित मिति: मंगलबार, जेठ १, २०८१ १३:४३
प्रतिक्रिया दिनुहोस्