site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
बेलायतमा नेपाली नर्स पठाउन आगामी साता श्रम सम्झौता हुने, पहिलो चरणमा २ हजार नर्स पठाउने तयारी 
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेपाली नर्स बेलायत पठाउनका लागि आगामी साता श्रम सम्झौता हुने भएको छ । बेलायतमा नेपाली नर्सलाई रोजगारी दिने विषयमा दुवै मुलुकबीच आगामी साता श्रम समझदारीपत्रमा हस्ताक्षर हुने भएको हो । 

आगामी साता सम्झौता गर्नेगरी दुवै मुलुकका प्रतिनिधि सम्मिलित समितिले सम्झौताको मस्यौदा तयार पारिसकेको श्रम रोजगार तथा समाजिक सुरक्षा मन्त्रालयका एक अधिकारीले जानकारी दिए । 

Prabhu Bank
Agni Group
NIC Asia

बेलायतको ‘डिपार्टमेन्ट अफ हेल्थ सर्भिस’ र ‘नेसनल हेल्थ सर्भिस’का प्रतिनिधिका साथै काठमाडौंस्थित बेलायती दूतावासका प्रतिनिधि र नेपाल सरकारका प्रतिनिधिबीच विभिन्न चरणमा छलफल भएपश्चात् श्रम समझदारीपत्रको मस्यौदा तयार पारिएको ती अधिकारीले जानकारी दिए । 

पहिलो चरणमा बेलायतमा २ हजार नर्स पठाउने तयारी रहेको पनि उनले बताए । सरकारले बेलायतमा १० हजार नर्सिङ जनशक्ति पठाउन  २०२१ को नोभेम्बरदेखि नै प्रक्रिया अघि बढाएको थियो ।  

Global Ime bank


 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, जेठ २७, २०७९  १७:०७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement