site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
१४.५४ अंकले घट्यो नेप्से, कारोबार रकम ९० करोड पनि पुगेन
Siddhartha BankSiddhartha Bank

काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजार परिसूचक नेप्सेमा दोहारो अंकले गिरावट भएको छ । साताको सुरुवाती दुईदिन लगातार घटेको नेप्से तेस्रो दिन अर्थमन्त्री र धितोपत्र बोर्डको अध्यक्षले 'केही आश्वसन' दिएपछि ६० अंकको उच्च वृद्धि भएको थियो । तर, साताको चौँथो कारोबार दिन बिहीबार र अन्तिम कारोबार दिन आज पनि नेप्सेमा गिरावट भएको छ ।

आज बजार परिसूचक नेप्से १४.६४ अंकले गिरावट भएर २०४८.१६ अंकको बिन्दुमा बन्द भएको छ । नेप्सेसँगै सेन्सिटिभ इन्डेक्स र सबै क्षेत्रगत उपसूचक पनि घटेका छन् । ‘क’ वर्गका कम्पनीलाई मापन गर्ने सेन्सिटिभ इन्डेक्स ४.३१ अंकले घटेर ३९२.०६ अंकमा बन्द भएको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

नेप्सेसँगै कारोबार रकममा पनि गिरावट आएको छ । बुधबार डेढ अर्बमाथि र बिहीबार करिब डेढ अर्बको कारोबार भएको बजारमा आज कारोबार रकम ९० अर्ब पनि पुग्न सकेन ।

आज दिनभर बजारमा ८९ करोड ८१ लाखको कारोबार हुँदा कुमारी बैंकको सर्वाधिक पाँच करोड ५ लाखको कारोबार भएको छ । यस्तै, नेपाल इन्भेस्टमेन्ट बैंकको ४ करोड २४ लाख रुपैयाँको कारोबार हुँदा मेगा बैंकको ३ करोड १८ लाखको कारोबार भएको छ । 

Global Ime bank

आज दिनभर बजारमा कारोबार भएकामध्ये उपकार लघुवित्त, ग्रिन भेञ्चर लिमिटेड र बलेफी हाइड्रोपावरको सेयरमूल्य बढेर सकारात्मक सर्किट लेभलमा बन्द भएको छ ।

यता सामुदायिक लघुवित्तको सेयरमूल्य सर्वाधिक ५.७५ प्रतिशत गिरावट हुँदा युनिलिभर नेपालको ५.२५ प्रतिशत र युनाइटेड इदी मार्दी एन्ड आरबी कम्पनीको सेयरमूल्य ४.९४ प्रतिशतले घटेको छ ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, जेठ २७, २०७९  १५:२३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement