site stats
बाह्रखरी :: Baahrakhari
Baahrakhari KathaBaahrakhari Katha
देश
Global Ime bankGlobal Ime bank
बाँदरमुढे घटनाको १७ वर्ष : अझै न्यायोचित परिपूरण हुन सकेन 
SkywellSkywell

चितवन । तत्कालीन सशस्त्र द्वन्द्वको समयमा माडीको बाँदरमुढे खोलामा भएको बम विस्फोटको आज १७ वर्ष पूरा भएको छ । घटना भएको झण्डै दुई दशक पुग्न लाग्दासमेत पीडितले अझै परिपुरण र औषधि उपचारको माग गर्दै हिँड्नुपर्ने बाध्यता रहेको छ । 

तत्कालीन नेकपा माओवादीले राखेको एम्बुसमा माडीको बगईबाट १५० जना यात्रु बोकेर नारायणगढतर्फ आउँदै गरेको ना १ ख ३२४५ नम्बरको यात्रुबाहक बस दुर्घटना हुँदा ३८ जनाको मृत्यु भएको थियो भने ७२ घाइते भएका थिए । सोही घटनामा पीडित बन्नुभएका माडी नगरपालिकाका कृष्ण अधिकारी अहिलेसम्म पनि राज्यका तर्फबाट परिपूरणको व्यवस्था नहुनु दुःखद् रहेको बताउँदै उनले भने, “घाइते हामी धेरै छौँ । जम्मा २२ जनाले मात्र राहत पाएका छन् । अरूले पाउन सकेका छैनन् । घाइतेमध्ये  ५० जनाले राज्यबाट सहयोग पाउन नसकेको उनको भनाइ छ । उनले थपे, “सरकारले बाँदरमुढे पीडित भनेर रातो किताबमा नाम निकालेकाले मात्रै राहत पाएका छन् ।” यो नाम पनि शक्तिको आधारमा राखिएको उनको भनाइ छ । राहतमा नाम नपरेकाका लागि पुनः मूल्याङ्कन गरी राहतको व्यवस्था गर्नुपर्ने उनले माग गरे । 

Dabur Nepal
NIC Asia

राहतका लागि राखिएका नाममध्ये २० प्रतिशतदेखि शतप्रतिशतसम्मको रहेको छ । शतप्रतिशत राहत पाउने दुईजना रहेका छन् भने अधिकांश २० प्रतिशत राहत पाउने रहेका छन् । यसको पुनरावलोकन हुन नसक्दा समस्या आएको उनले बताए । राज्यले अहिलेसम्म पीडितलाई खासै केही गर्न नसकेको अर्का पीडित सुदीप न्युरेले बताए । उनी अहिले राज्यले पीडितलाई झुक्याउने र पीडितले विरोध गर्ने कामभन्दा केही हुन नसकेको बताउँछन् । माओवादी केन्द्रका जिल्ला नेताले सो घटनालाई सामान्यरूपमा लिएकाले अहिले सम्म समस्याजस्ताको तस्तै रहेको उनले आरोप लगाए । उनले  यो घटनाको विषय जिल्ला नेताहरूले उठाउनै नचाहेको र आफ्नो समस्यामा स्थानीय नेताहरू बाधक बनेको बताए ।” 

बाँदरमुढेपीडित संघर्ष समितिका अध्यक्ष मुक्ति न्यौपाने अहिले पनि घटनास्थलमा पुग्दा आफ्नो शरीर काप्ने गरेको बताउँछन् । उनले भने, “मेरी श्रीमतीको शव अहिले पनि त्यही छ जस्तो मलाई लाग्छ ।” घटना भएको १७ वर्ष पुग्दासमेत राज्यले आफ्नो दायित्व पूरा गर्न नसकेको उनको भनाइ छ । 

तत्कालीन माओवादीका अध्यक्ष पुष्पकमल दाहाल दुई–दुईपटक प्रधानमन्त्री हुँदासमेत आफूहरूको माग सम्बोधन नभएको बताउँदै पीडितले अहिले न्यायको कुरालाई पछि राख्दै परिपूणरलाई प्राथमिकता दिनसमेत आग्रह गरे । 

नेकपा (माओवादी केन्द्र) चितवनका अध्यक्ष रामचन्द्र अधिकारीले पार्टीको पहलमा पीडितलाई न्याय र परिपूरणका क्षेत्रमा धेरै काम भएको जानकारी दिए । पीडितहरूको मागलाई मध्यनजर गर्दै सरकारसँग आफ्नै पार्टीको पहलमा घटनास्थलमा उद्यान निर्माणदेखि स्वास्थ्योपचार, शिक्षा, रोजगारलगायतमा प्राथमिकतामा राखेर काम भइरहेको उनको भनाइ छ । उनले भने, “तत्कालीन घटनालाई देखाएर धेरै प्रचारबाजी भएका छन् । काम नभएको होइन । यो द्वन्द्वकालीन घटना हो ।”
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, जेठ २३, २०७९  ११:४३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro