देश
तनहुँ । खाना पकाउने ग्यास सिलिन्डर पड्किँदा तनहुँमा आज एक बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको भीमाद नगरपालिका–९, च्यानडाँडा निवासी शिवनारायण क्षेत्रीकी १२ वर्षीय छोरी शुभेच्छा केसी क्षेत्री रहेकी छन् ।
ग्यास सिलिन्डरमा अचानक आगलागी भई पड्किँदा बालिकाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक युवराज खड्काले बताए ।
मृतकको शव दमौली अस्पतालमा परीक्षणका लागि पठाइएकोे उनले जानकारी दिए । रासस
प्रकाशित मिति: शनिबार, जेठ २१, २०७९ १३:५२
प्रतिक्रिया दिनुहोस्