site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
सिसडोलबासी र मेयर बालेनबीच चर्काचर्की
Siddhartha BankSiddhartha Bank

काठमाडौं । काठमाडौं महानगरपालिकाका नवनिर्वाचित मेयर बालेन्द्र शाह (बालेन) र सिसडोलका स्थानीयबीच फोहोर व्यवस्थापनका विषयमा चर्काचर्की भएको छ । काठमाडौंको फोहोर नउठेपछि आज बिहानै सिसडोल पुगेका बालेनले स्थानीयसँग अन्तक्रिया गर्ने क्रममा चर्काचर्की भएको हो ।

सिसडोलबासीले १७ वर्षसम्म फोहोर व्यवस्थापन हुन नसकेको भन्दै ठूलो स्वरमा आवाज उठाएपछि चर्काचर्की भएको छ । सोहीक्रममा बालेनले भने, “आएको चार दिन भयो प्रधानमन्त्रीसँग यही कुरा लिएर गएको छु । मन्त्रीको पनि यही कुरा लिएर गएको छु कि त नजा भन्नू । कामै नगर भन्नू ।”

Agni Group
NIC Asia

मेयर बालेनको जवाफमा सिसडोलबासीले काम गर्न अघि नबढ्नु भनेको होइन भने । यसैबीच, बालेनले आफू स्वतन्त्र भएको र स्वतन्त्र मान्छेलाई काम गर्न दिनुपर्ने बताए । “म स्वतन्त्र व्यक्ति हो मलाई काम गर्न दिनुपर्यो । मैले कसैसँग साठगाँठ गरिराख्नु पर्दैन । मैले महानगरको मेयरको पद पनि लिनु पर्दैनथ्यो । पत्रिकामा पनि देख्नुभएकै होला । ७०–८० बिघा के–के आइरहेकै थियो,” बालेनले भने, “मैले यो जागिर पनि खानुपर्दैनथ्यो । म इन्जिनियर हुँ आफ्नो काम गरेर बस्नसक्छु । साढे तीन लाख महिनाको तलब खाने मान्छे हो । कुनै पनि पार्टीसँग सेटिङ मिलाउनु पर्दैन । त्यो कुराचाहिँ सबैले बुझिदिनुपर्यो ।”

बालेनले हप्तादिन, एक महिना, ६ महिना गर्न सकिने कामहरूअन्तर्गत योजना रहेको बताए । कामको सम्झौताअनुसार काम किन भएन भनेर विभिन्न विभाग र मन्त्रालयहरूमा गएको बताए । निरन्तर सरोकारवाला निकायहरूसँग छलफल गरिरहेको र फोहोर व्यवस्थापनमा काठमाडौंमै कुहिने र नकुहिने फोहोर छुट्याउनुपर्ने बालेनको तर्क थियो । 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, जेठ २०, २०७९  १७:३०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
SubisuSubisu