फोटो फिचर
काठमाडौं । अभिनेता पल शाहको रिहाइको माग गर्दै काठमाडौंको माइतीघरमा प्रदर्शन गरिएको छ । शुक्रबार 'हाम्रो टिम नेपाल अभियान'ले माइतीघर मण्डलामा पलको रिहाइको माग गरेर प्रदर्शन गरेको हो ।
प्रदर्शनकारीहरूले पलको रिहाइको मागसहित पुरुष अधिकार सुनिश्चित गर्न पनि माग गरेका थिए । नेपालमा पुरुषहरूमाथि विभेद् भइरहेको उनीहरूको दाबी छ ।
उनीहरूले 'पुरुष अधिकार सुनिश्चित गर, महिला अधिकारको दुरूपयोग नगर, आरोप लगाउँदैमा दोषी करार बन्द गर, न्यायलाई पैसाको तराजुमा जोख्न पाइँदैन, समानतामूलक न्याय कायम गर' भन्दै नारा लगाएका थिए ।
तस्बिरहरू : हरिशजंग क्षेत्री/बाह्रखरी
प्रकाशित मिति: शुक्रबार, जेठ २०, २०७९ १७:१४
प्रतिक्रिया दिनुहोस्