काठमाडौं । काठमाडौं महानगरका नवनिर्वाचित मेयर बालेन शाह र उपमेयर सुनिता डंगोलले सहरी विकासमन्त्री रामकुमारी झाँक्रीलाई भेटेका छन् । बिहीबार मन्त्रालयमा भएको भेटमा उनीहरूलाई बधाई दिँदै मन्त्री झाँक्रीले काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापनमा सहकार्य गर्न आफू तयार रहेको बताइन् ।
उनले बन्चरेडाँडामा वैज्ञानिक तरिकाले फोहोर व्यवस्थापन गरिने बताइन् ।
"काठमाडौंको फोहोर व्यवस्थापन बन्चरेडाँडामा पुरानै किसिमले गरे पनि यसको वैज्ञानिक व्यवस्थापन आवश्यक छ । महानगरसँग मन्त्रालय सधैँ मिलेर काम गर्न तयार छ‚" उनले भनिन् ।
मेयर शाहले बन्चरेडाडाँडा ल्यान्डफिल्ड साइटमा फोहोर व्यवस्थापनका लागि मन्त्रालयले सहयोग गर्नुपर्ने बताएका थिए । साथे उनले फोहोर व्यवस्थापनका लागि मन्त्रालयले गरेका प्रतिबद्धता कार्यान्वयन गर्न आग्रह गरेका थिए ।