site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
काठमाडौं महानगरको फोहर व्यवस्थापनका लागि मेयर बालेनको संयोजकत्वमा कार्यदल 
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । काठमाडौं महानगरपालिकाको फोहोरमैला व्यवस्थापनबारे अध्ययन गर्न नगर प्रमुख (मेयर) बालेन्द्र शाह (बालेन)को संयोजकत्वमा कार्यदल गठन गरिएको छ । नवनिर्वाचित प्रमुख शाहको अध्यक्षतामा आज बसेको पहिलो कार्यपालिका बैठकले उपप्रमुखसहित पाँच जनाको अध्ययन कार्यदल गठन गर्ने निर्णय गरेको हो ।

त्यसैगरी सार्वजनिक शौचालय सञ्चालनमा ल्याउने सम्बन्धमा होटल, रेस्टुराँ र पेट्रोल पम्पसँग पनि सहकार्य गर्ने निर्णय गरिएको छ । सहकार्य गरिने रेस्टुराँ र पेट्रोल पम्ममा कामपाले सङ्केत चिह्न राख्नेछ र ती स्थानका शौचालय सर्वसाधारणले निःशुल्क प्रयोग गर्न सक्नेछन् ।  

त्यस्तै सडकका खाल्डाखुल्डी पुर्न भौतिक पूर्वाधार एम्बुलेन्स सञ्चालनमा ल्याइने भएको छ । तत्काल नगरवासीको गुनासो सम्बोधन गर्नका लागि कल सेन्टरको स्थापना गर्ने निर्णय पनि बैठकले गरेको छ । सडकका खाल्डाखुल्डी पुर्ने, ढल निकास नियमित गर्नेजस्ता काम सात दिनभित्र सक्नका लागि दुई भौतिक पूर्वाधार एम्बुलेन्स सञ्चालनमा ल्याउने निर्णय गरिएको छ । कार्यपालिका बैठक मङ्गलबार १० बजे पुनः बस्ने छ । रासस

NIBLNIBL
प्रकाशित मिति: सोमबार, जेठ १६, २०७९  २१:३१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय