राजनीति
काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीले लिम्पियाधुरा, लिपुलेक, कालापानी नेपालको हो कि होइन भन्दै प्रश्न गरेका छन् ।
सरकारको वार्षिक नीति तथा कार्यक्रममाथि संसद्मा बोल्दै ओलीले यस्तो बताएका हुन् । उनले सरकारले जमिन फिर्ता ल्याउन सक्ने कि नसक्ने भन्दै प्रश्नसमेत गरे ।
ओलीले यसबारे प्रधानमन्त्रीको जवाफ समेत मागे । उनले आफ्नो नेतृत्वमा बनेको सरकारले नक्सा जारी गरे पनि त्यसलाई फिर्ता ल्याउन सरकारले पहल नगरेको बताए ।
प्रकाशित मिति: बिहीबार, जेठ १२, २०७९ १३:५९
प्रतिक्रिया दिनुहोस्