राजनीति
जनकपुरधाम । मधेस प्रदेशको सांसद पदबाट राजीनामा दिएका शेखअवुल कलाम अजाद स्थानीय चुनावमा पराजित भएका छन् ।गढीमाई नगरपालिकामा आज आएको मत परिणामअनुसार नेपाली काँग्रेसका श्यामप्रसाद यादवले उनलाई ५५८ मतले पराजित गरेका हुन् ।
यादवले आठ हजार ६३१ मत ल्याए भने पराजित अजादले आठ हजार ७३ मत ल्याएका छन् । उनी जनता समाजवादी पार्टी (जसपा) बाट उमेदवार बनेका थिए ।
यसअघि, ०७४ को स्थानीय निर्वाचनमा पनि उनी पराजित भएका थिए । त्यसपछि, रौतहट निर्वाचन क्षेत्र नम्बर ४ ‘ख’ बाट प्रदेशसभामा स्वतन्त्रबाट निर्वाचित भएपछि उनी जसपामा प्रवेश गरेका थिए ।
प्रकाशित मिति: बुधबार, जेठ ११, २०७९ १७:३१
प्रतिक्रिया दिनुहोस्