देश
काठमाडौं । सर्लाहीको हरिवन नगरपालिका–१०, सुकेपोखरीमा बसको ठक्करबाट पैदलयात्रीको घटनास्थलमै मृत्यु भएको छ । मृतक अन्दाजी ४० वर्षीया महिलाको सनाखत हुन बाँकी छ ।
गए राति करिब १ बजे काँकडभिट्टाबाट काठमाडौँतर्फ आउँदै गरेको ना६ख ३२६८ नम्बरको बसले पैदल हिँडिरहेकी महिलालाई ठक्कर दिएको थियो । बससहित चालकलाई इलाका प्रहरी कार्यालय हरिवनले नियन्त्रणमा लिएको छ ।
प्रकाशित मिति: बुधबार, जेठ ११, २०७९ ०९:३४
प्रतिक्रिया दिनुहोस्