site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
'विश्वले रुससँगको व्यापार रोक्नुपर्छ, रोक्का सम्पत्ति युक्रेनका ध्वस्त सहर पुनर्निर्माणमा प्रयोग गरौँ'
Sarbottam CementSarbottam Cement

किभ । दोन्बास क्षेत्र कब्जा गर्न खोजिरहेका रुसी फौजले पूर्वी युक्रेनको एउटा मुख्य सहरमाथिको आक्रमणलाई तीव्र पारेको छ । लुहान्स्क प्रान्तमा युक्रेन सरकारको नियन्त्रणमा रहेको सबैभन्दा ठुलो सहर सेभरोदोनेतस्कमाथि अहिले मस्कोको फौजले भयानक बमबारी र क्षेप्यास्त्र प्रहार गरिरहेको छ ।

आइतबार चारवटा दिशाबाट सो सहर पस्न खोजेका रुसी फौजलाई धपाइएको स्थानीय अधिकारीहरूले बताएका छन् । 

Prabhu Bank
Agni Group
NIC Asia

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले विश्वका नेताहरूलाई रुससँगको सम्पूर्ण व्यापार बन्द गर्न आह्वान गरेपछि रुसले आक्रमणलाई तीव्रता दिएको हो । 

डाभोसमा आयोजना भइरहेको विश्व आर्थिक मञ्चको वार्षिक बैठकलाई भिडियोमार्फत सम्बोधन गर्ने क्रममा जेलेन्स्कीले मस्को माथि 'अधिकतम प्रतिबन्ध' लगाउन आह्वान गरेका छन् । साथै उनले रोक्का गरिएका रुसी कोषहरूको पैसाले युद्धमा ध्वस्त भएका युक्रेनी सहरहरूको पुनर्निर्माण गरिनुपर्ने बताएका छन् । 

Global Ime bank

उनले भनेका छन्, "आक्रमणकारीलाई सजाय दिने एउटा उदाहरण स्थापित गरिनुपर्दछ । आक्रमणकारीले सबै कुरा गुमाएपछि पक्कै पनि कुनै युद्ध सुरु गर्ने साहस बटुल्न सक्ने छैन ।"

करिब एक लाख जनसंख्या रहेको सेभरोदोनेतस्क सहर दोनेत्स नदीको सामरिक क्षेत्रमा रहेको छ । 

बीबीसीबाट ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, जेठ १०, २०७९  ०३:००
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
अनशनकारीको उपेक्षा नगर !
अनशनकारीको उपेक्षा नगर !