site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
कुटपिट गरी हत्या गरेको आरोपमा एक महिलासहित दुईजना पक्राउ
Sarbottam CementSarbottam Cement

काठमाडौं । सिन्धुपाल्चोक जुगल गाउँपालिका–८ का ३५ वर्षीय कान्छा लामा तामाङको कुटपिट गरी हत्या गरेको आरोपमा एक महिलासहित दुईजना पक्राउ परेका छन् ।

पक्राउ पर्नेहरूमा मकवानपुर वाग्मती गाउँपालिका–६ फापरबारी सानो कायरका ४५ वर्षीय ठोकर कान्छा भनिने कान्छामान ठोकर र ललितपुर गोदावरी नगरपालिका–६ लेलेकी ४० वर्षीया गायत्री नगरकोटी रहेका छन् ।

Prabhu Bank
Agni Group
NIC Asia

दक्षिणकाली नगरपालिका–१ पावर हाउस नजिक वाग्मती नदी किनारमा जेठ ५ गते कान्छा लामाको शव सडेको अवस्थामा फेला परेको थियो । सोही घटनाको अनुसन्धानको क्रममा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।

प्रारम्भिक अनुसन्धानको क्रममा काठमाडौं महानगरपालिका–१६ नयाँबजार विष्णुमती पुल नजिक बालाजु संरक्षण समिति एवं श्री शिव मन्दिर गंगा पहलमान पौवा परिसर भित्र रहेको भवनको कोठामा बैशाख २८ गते कान्छा लामालाई कान्छामान ठोकर, गायत्री नगरकोटी र मकवानपुर वाग्मती गाउँपालिका फापरबारी ठुलो कायर घर भएको दिपक वाइबा तामाङसमेत मिलेर कुटपिट गरी टाउकोमा हम्मरले हानेर घाँटीमा सलले कसेर हत्या गरेको खुल्न आएको छ ।

Global Ime bank

 हत्या पछि सलले बाँधी  शवलाई तन्ना र म्याट्रिसले बेरेर प्लास्टिकको डोरीले बाँधी कान्छामान ठोकर र गायत्री नगरकोटीले विष्णुमती खोलामा लगि फालेको खुल्न आएको छ । 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, जेठ ९, २०७९  १७:४४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement