पोखरा । सिके राउत नेतृत्वको जनमत पार्टीको कार्ड बनाएर पोखराको मतगणनास्थल प्रवेश गर्न खोज्ने एमाले कार्यकर्ता छुटेका छन् । शुक्रबार बिहान कास्की प्रहरीले रूपा गाउँपालिकाका डिल्लिराम तिवारी र कमल पोखरेललाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।
यीमध्ये तिवारी एमाले कार्यकर्ता हुन् । उनले जनमत पार्टीको प्रतिनिधि भन्दै मतगणनास्थल प्रवेश गर्न खोजेका थिए ।
पोखरेलचाहिँ नक्कली परिचयपत्र देखाएर प्रवेश गर्न खोज्दा कास्की प्रहरीले गेटमै पक्राउ गरी दुवैलाई वडा प्रहरी कार्यालय बैदाममा राखिएको थियो ।
पोखरेललाई मानसिक अवस्था ठीक नभएको भन्दै आफन्तको जिम्मा लगाउने तयारी भैरहेको कास्की प्रहरी प्रवक्ता सुन्दर तिवारीले जानकारी दिए ।
पछिल्लो समय मतगणनास्थल उपत्यका नगर विकास समिति, जिल्ला समन्वय समिति र समन्वय परिसरभित्रै रहेको योजना कार्यान्वयन इकाईमा सुरक्षा बढाइएको छ ।