site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
सार्वजनिक बिदाको दिन सरकारी सवारी साधन चलाउन नपाइने
Siddhartha BankSiddhartha Bank

काठमाडौं । काठमाडौं उपत्यकामा सार्वजनिक बिदाको दिन सरकारी सवारी साधन चलाउन नपाइने भएको छ । सरकारी सवारी साधन चलाउनै परे अनुमति लिनुपर्ने निर्णय जिल्ला प्रशासन कार्यालय काठमाडौंले गरेको हो । 

सरकारले जेठ १ गतेदेखि शनिबार र आइतबार सार्वजनिक बिदा दिएको छ । इन्धन खपत कम गर्न भन्दै दुई दिन सार्वजनिक बिदा दिइएको हो । सोहीअनुसार यस्तो निर्णय काठमाडौं प्रशासनले गरेको हो । 

Agni Group
NIC Asia

जिल्ला प्रशासन कार्यालय सहायक प्रमुख जिल्ला अधिकारी दीपक पौडेलले शनिबार र आइतबारसहित अन्य सार्वजनिक बिदाको दिनमा सरकारी सवारी साधन नलाउन नपाउने निर्णय गरेको बताए । “शनिबार र आइतबार सार्वजनिक बिदा दिइएकाले यी दिनमा सरकारी सवारी चलाउन पाइने छैन । अन्य सार्वजनिक बिदाको दिनमा पनि चलाउन नपाइने निर्णय भएको छ” उनले भने । 

सरकारी सवारी चलाउनै परे स्वीकृति लिनुपर्ने र अनुमति लिएर पनि सही ठाउँमा प्रयोग भए÷नभएको ट्राफिक प्रहरीले हेर्ने र अनुचित प्रयोग गरेको भए कारबाही हुने उनले बताए ।
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, जेठ ५, २०७९  १७:५८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय