site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
देउवाको घर रहेको बूढानीलकण्ठ नगरपालिकामा एमालेको जित 
मिठाराम अधिकारी र अनिता लामा ।
Siddhartha BankSiddhartha Bank

काठमाडौं । काठमाडौंको बूढानीलकण्ठ नगरपालिकाको प्रमुख पदमा नेकपा (एमाले)का उमेदवार मिठाराम अधिकारी निर्वाचित भएका छन् । नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाको निवास रहेका बूढानीलकण्ठ नगरमा कांग्रेसका उमेदवार विनोद चालिसे फराकिलो मतान्तरले पराजित भए ।

कांग्रेसका महामन्त्री गगन थापाको निर्वाचन क्षेत्र समेत रहेका बूढानीलकण्ठमा कांग्रेसभित्रको घात–अन्तरघातले काम गरेको आरोप सुरु भएको छ ।

Agni Group
NIC Asia

एमालेका अधिकारीले १५ हजार २५० मत ल्याएर निर्वाचित भएका हुन् । कांग्रेसका चालिसे ११ हजार ५१२ पाएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । उनीबीचको मतान्तर तीन हजार ७३८ छ ।

उपप्रमुखमा एमालेकै अनिता लामा निर्वाचित भइन् । लामाले १४ हजार ३१४ मत ल्याइन् । कांग्रेसकी रमिला वाग्ले ११ हजार ९७२ मत ल्याएर पराजित भइन् ।

Global Ime bank

बूढानीलकण्ठमा एमालेले १३ मध्ये १० वडा जितेको छ । कांग्रेसले दुईवटा वडा जितेको छ । एउटा वडाको वडाध्यक्षमा भने स्वतन्त्र उमेदवार आकाश धिताल विजयी भएका छन् । कांग्रेस नेता धितालले पार्टीले टिकट नदिएपछि धारो चुनाव चिह्न लिएर प्रतिस्पर्धा गरेका थिए ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, जेठ ४, २०७९  १४:५७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय