राजनीति
विराटनगर । मोरङको रंगेली नगरपालिकामा मतगणना स्थगित भएको छ । वडा नं. ७ स्थित जनता क्याम्पसमा जारी मतगणनाका क्रममा विवाद भएको छ ।
नेपाली कांग्रेसबाट वडा नं. ८ का वडाध्यक्ष पदका उमेदवार योग्यकुमार दोर्जेले मतदानस्थलमा राखिएको मतपेटिका सुरक्षित नभएको भन्दै असन्तुष्टि व्यक्त गरेपछि गणना स्थगित भएको छ ।
मत पेटिका पहिलादेखि नै खुला रहेकोभन्दै वडाध्यक्ष उमेदवार दोर्जेले असन्तुष्टि जनाएका बताइएको छ । विवाद मिलाउने र पुनः गणना शुरु गर्ने विषयमा छलफल भइरहेको कांग्रेसका नगर प्रमुख पदका उमेदवार मोदराज घिमिरेले जानकारी दिए ।
प्रकाशित मिति: शनिबार, वैशाख ३१, २०७९ २२:३८
प्रतिक्रिया दिनुहोस्