काठमाडौं । सुदूरपश्चिम प्रदेशको बझाङमा ६ गाउँपालिकामा मतगणना जारी छ ।
जिल्ला निर्वाचन अधिकारी विमलप्रसाद गौतमका अनुसार बुंगल नगरपालिका, मष्टा गाउँपालिका, थलरा गाउँपालिका, वित्थडचिर गाउँपालिका, खप्तडछान्ना गाउँपालिका र तलकोट गाउँपालिकामा मतगणना जारी छ ।
जयपृथ्वी नगरपालिका र केदारस्युँ गाउँपालिकाका दुई/दुई मतदान केन्द्र र सुर्मा गाउँपालिकाका तीन मतदान केन्द्रमा भने मतदान स्थगित भएको गौतमले जानकारी दिए ।
“मुख्य निर्वाचन अधिकृतहरु छलफलमा हुनुहुन्छ । भोलि या पर्सि पुनः मतदान हुन्छ र यी तीन स्थानमा मतगणना सुरु हुन्छ,” उनले भने ।
१२ स्थानीय तह रहेको जिल्लामा छबिसपाथिभेरा गाउँपालिका, दुर्गाथली गाउँपालिका र साइपाल गाउँपालिकामा सर्वदलीय बैठक बसेर केही बेरमा मतगणना सुरु हुने उनले जानकारी दिए ।