देश
जनकपुरधाम । सर्लाहीमा एक मतदान अधिकृत पक्राउ परेका छन् । बलरा नगरपालिकामा खटिएका मतदान अधिकृत राजकिशोर साहलाई प्रहरीले पक्राउ गरेको हो ।
उनले रुख चिह्नमा छाप लगाएको आरोप लागेको छ । मतदातालाई पनि रुखमै मत हाल्न सिकाएको आरोपपछि पक्राउ गरिएको हो ।
उक्त घटनाका कारण केही समय स्थगित भएको मतदान अहिले पुनः सुरु भएको छ ।
धनुषाको मिथिला नगरपालिकामा पनि यस्तै घटना सार्वजनिक भएको छ । मिथिला–९ स्थित सार्वजनिक मावि मतदान केन्द्रमा खटिएका मतदान अधिकृत किरण सिंहले दुईवटा मतपत्रमा रुख चिह्नमा छाप लगाएको बताइएको छ ।
अधिकृतलाई माफी मगाएर मतदान सञ्चालन गरिएको छ । घटनाका विषयमा निर्वाचन आयोगले छानबिन गर्ने बताइएको छ ।
प्रकाशित मिति: शुक्रबार, वैशाख ३०, २०७९ १४:१२
प्रतिक्रिया दिनुहोस्