राजनीति
काठमाडौं । दोलखाको बैतेश्वर गाउँपालिकाको वडा नम्बर १ र २ मा मतदान स्थगित भएको छ । मतदान केन्द्रमा दुई पक्षले बुथ कब्जा गर्न खोजेपछि मतदान स्थगित गर्नुपरेको हो ।
दोलखा बैतेश्वर गाउँपालिका १ र २ का मतदानस्थलमा कांग्रेस र एमाले दुवै पक्षले बुथ कब्जा गर्न खोजेको बताइएको छ ।
त्यसपछि तनाव उत्पन्न भएको हो ।
प्रहरीले वडा नम्बर २ मा हवाई फायरसमेत गरेको छ । उक्त बुथमा यसअघिको निर्वाचनमा पनि कब्जा भएको थियो ।
पत्रकार लालकुमार मोक्तानका अनुसार करिब चार सय मत खसिकेपछि वडा नम्बर एकमा विवाद भएको थियो । त्यसपछि अहिले मतदानप्रक्रिया स्थगित छ । सहमतिको प्रयास जारी रहेको उनले जानकारी दिए ।
प्रकाशित मिति: शुक्रबार, वैशाख ३०, २०७९ ०८:४४
प्रतिक्रिया दिनुहोस्