राजनीति
काठमाडौं । निर्वाचन आयोगले वाग्मती प्रदेश प्रहरी प्रमुख पुजा सिंहलाई स्पष्टीकरण सोधेको छ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मौन अवधिमा निर्वाचन आचारसंहिता उल्लंघन गर्दा किन नरोकेको भन्दै प्रदेश प्रहरी सिंहलाई आयोगले स्पष्टीकरण सोधेको हो ।
आचारसंहिता उल्लंघन हुँदा रोक्न आवश्यक कार्य नभएको भन्दै निष्पक्ष र भयरहित निर्वाचनमा गम्भीर प्रश्न उठेको आयोगले जनाएको छ ।
निर्वाचनको प्रचारप्रसार तथा राजनीतिक गतिविधि गर्न हुँदैन भन्ने जानकारी हुँदाहुँदै किन नरोकेको भन्दै आयोगले सिंहलाई आठ घण्टाभित्र स्पष्टीकरण दिन निर्देशन दिएको छ ।
प्रकाशित मिति: बिहीबार, वैशाख २९, २०७९ १८:३३
प्रतिक्रिया दिनुहोस्