site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
कांग्रेस शीर्ष नेता : यी स्थानबाट गर्दै छन् मतदान
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

काठमाडौं । एक दिनपश्चात् अर्थात् यही वैशाख ३० गते स्थानीय तह निर्वाचन हुँदै छ । देशभर एकैसाथ निर्वाचन गर्ने कार्यतालिका छ ।

कतिपय नेताहरू र मतदाता मतदानका लागि गृहनगर पुगिसकेका छन् । प्रधानमन्त्री समेत रहेका सत्तारूढ दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गृहजिल्ला डडेलधुराबाट मतदान गर्नेछन् । उनी विगत चार दिनदेखि गृहजिल्लामै रहेका छन् ।

प्रधानमन्त्री देउवाका प्रेस सल्लाहकार गोविन्द परियारका अनुसार उनले गन्यापधुरा गाउँपालिका–१, रुवाखोलको आसिग्राम प्रावि मतदान केन्द्र ‘ख’बाट मतदान गर्नेछन् । “उहाँ मतदान गरेर भोलि नै काठमाडौं फर्किनुहुन्छ,” परियारले बाह्रखरीसँग भने ।

KFC Island Ad
Dabur Nepal
NIC Asia

कांग्रेस नेता रामचन्द्र पौडेलले तनहुको तनहुँको व्यास नगरपालिका–२ स्थित सत्यवती मावि केन्द्रबाट मतदान गर्नेछन् ।

यस्तै, नेता शेखर कोइरालाले विराटनगरबाट मतदान गर्नेछन् । उनले विराटनगर महानगरपालिका–७ स्थित आर्दश मावि केन्द्रबाट मतदान गर्ने उनका सहयोगी दिनेश थपलियाले जानकारी दिए ।

Royal Enfield Island Ad

कांग्रेस उपसभापति पूर्णबहादुर खड्काले सुर्खेतको गुर्भाकोट नगरपालिका–८ स्थित सूर्यज्योति उच्च मावि केन्द्रबाट मतदान गर्नेछन् ।

अर्का उपसभापति धनराज गुरुङले स्याङजाको अर्जुनचौपारी गाउँपालिका–२, रानीचरी आधारभूत विद्यालय खाल्डे केन्द्रबाट मतदान गर्ने बाह्रखरीलाई जानकारी दिए ।

महामन्त्री गगन थापाले काठमाडौं महानगरपालिका–३०, मैतीदेवीस्थित मयूरकुण्ड मन्दिर केन्द्रबाट मतदान गर्नेछन् ।

अर्का महामन्त्री विश्वप्रकाश शर्माले झापाको मेचीनगर नगरपालिका–९ स्थित कवि शिरोमणि मावि केन्द्रबाट मतदान गर्नेछन् ।

सहमहामन्त्री भीष्मराज आङ्देम्बेले गृहजिल्ला पाँचथरबाट मतदान गर्नेछन् । उनी मतदानका लागि पाँचथर पुगिसकेका छन् । उनले फाल्गुनन्द गाउँपालिका–१ स्थित शान्ति क्षेत्र प्रावि केन्द्रबाट मतदान गर्नेछन् ।

यस्तै, अर्का सहमहामन्त्री फरमुल्लाह मन्सुरले बाराको कलैया उपमहानगरपालिका–५ स्थित पन्वादेवी मावि केन्द्रबाट मतदान गर्ने जानकारी दिए ।

सहमहामन्त्री महालक्ष्मी उपाध्याय ‘डिना’ले मकवानपुरको भीमफेदी गाउँपालिका–७ स्थित कोगटे पालिका केन्द्रबाट मतदान गर्नेछिन् ।

सहमहामन्त्री किशोर सिंह राठौरले बर्दियाको राजापुर नगरपालिका–६ स्थित मेरा प्रावि केन्द्रबाट मतदान गर्नेछन् ।

अर्का सहमहामन्त्री जीवन परियारले कास्कीबाट मतदान गर्नेछन् । उनले रूपा गाउँपालिका–१, सरस्वती आधारभूत विद्यालय केन्द्रबाट मतदान गर्नेछन् ।

सहमहामन्त्री बद्री पाण्डेले बाजुराको हिमाली गाउँपालिका–४ स्थित शैलेश्वरी मावि केन्द्रबाट मतदान गर्नेछन् ।

खानेपानीमन्त्री समेत रहेका सहमहामन्त्री उमाकान्त चौधरीले बाराको कोल्हवी नगरपलिका–११, बेलवस्थित नेपाल राष्ट्रिय आधारभूत विद्यालय केन्द्रबाट मतदान गर्नेछन् ।

सहमहामन्त्री महेन्द्र यादवले धनुषाको लक्ष्मीनिया गाउँपालिका–३, बनिगामाटोलस्थित जनता आधारभूत विद्यालय केन्द्रबाट मतदान गर्नेछन् ।

कांग्रेसका महत दाजुभाइले गृहजिल्ला नुवाकोटबाटै मतदान गर्नेछन् । पार्टी प्रवक्ता समेत रहेका डा. प्रकाशरण महत र नेता डा. रामशरण महतले नुवाकोटको पञ्चकन्या गाउँपालिका–२ स्थित राष्ट्रिय मावि केन्द्रबाट मतदान गर्नेछन् ।

यस्तै, नेता प्रकाशमान सिंहले काठमाडौं–१६, पकनाजोलस्थित नेपाल युवक मावि केन्द्रबाट मतदान गर्नेछन् ।

कांग्रेस निवर्तमान उपसभापति विमलेन्द्र निधि मतदानका लागि गृहजिल्ला धनुषा पुगिसकेका छन् । उनले नगराइन नगरपालिका–२ स्थित राजेश्वरनिधि उच्च मावि केन्द्रबाट मतदान गर्नेछन् ।

पूर्वउपसभापति गोपालमान श्रेष्ठले स्याङ्जाको पुतलीबजार नगरपालिका–३ स्थित काजीमान हरिटीका मावि केन्द्रबाट मतदान गर्नेछन् ।

कांग्रेस पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले झापाबाट मतदान गर्नेछन् । भद्रपुर नगरपालिका–१० स्थित वीरेन्द्र उच्च मावि केन्द्रबाट मतदान गर्ने जानाइएको छ ।

निवर्तमान महामन्त्री डा. शशांक कोइरालाले काठमाडौं महानगरपालिका–३, महाराजगन्जचोकस्थित भ्याली स्कुल केन्द्रबाट मतदान गर्नेछन् ।

निवर्तमान सहमहामन्त्री सुनील थापा मतदानका लागि गृहजिल्ला धनकुटाम पुगिसकेका छन् । उनले पाख्रिबास नगरपालिका–८ को सामुदायिक भवन केन्द्रबाट मतदान गर्नेछन् ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, वैशाख २९, २०७९  १५:२६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro