राजनीति


काठमाडौं । एमाले उपमहासचिव पृथ्वी सुब्बा गुरुङलाई निर्वाचन आयोगले स्पष्टीकरण सोधेको छ । मौन अवधिमा एमाले उमेदवारलाई मतदान गरेर जिताउन आग्रह गरेकोभन्दै आयोगले गुरुङलाई चौबीस घण्टाभित्र स्पष्टीकरण बुझाउन निर्देशन दिएको छ ।
एमाले उमेदवारको पक्षमा भोट माग्दै सामाजिक संजालमा भिडियो सेयर गरेको कार्य निर्वाचन आचारसंहिता उल्लंघन भएकाले आयोगले किन कारबाही गर्नु नपर्ने हो ? भन्दै प्रश्न गरेको छ ।
प्रकाशित मिति: बिहीबार, वैशाख २९, २०७९ ०७:१९
प्रतिक्रिया दिनुहोस्