site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
कोसी प्रदेशसभामा सम्बोधन गर्दै प्रधानमन्त्री
फाइल तस्बिर ।

विराटनगर । प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार (फागुन २७) कोसी प्रदेशसभा बैठकमा सम्बोधन गर्दै छन् । बैठकमा दिउँसो २ बजे प्रधानमन्त्रीले सम्बोधन गर्ने कार्यसूची तय गरिएको प्रदेशसभा सचिवालयले जानकारी गराएको छ ।

प्रधानमन्त्री पूर्वाञ्चल विश्वविद्यालयको दीक्षान्त समारोहमा सहभागी भई मंगलबार दिउँसो सुन्दरहरैँचाबाट विराटनगर आउनेछन् । कोसी प्रदेशसभा सचिवालयका कार्यवाहक सचिव गौतमराज अमात्यले प्रधानमन्त्रीको सम्बोधनका निम्ति सबै तयारी पूरा भइसकेको बताए ।

प्रधानमन्त्रीले सम्बोधन गर्ने विषयमा औपचारिक जानकारी नभएको भन्दै विपक्षी दलले भने बैठकमा सहभागी हुने/नहुने भन्ने थप छलफलपछि तय हुने बताएका छन् । नेकपा (माओवादी केन्द्र) कोसी संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले बैठकमा सहभागिताका विषयमा विपक्षी दलहरू छलफलमा रहेको बताए ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
प्रकाशित मिति: मंगलबार, फागुन २७, २०८१  ११:०२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Kitchen Concept AdvertisementKitchen Concept Advertisement
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
कानुन कार्यान्वयनमा दृढता आवश्यक
कानुन कार्यान्वयनमा दृढता आवश्यक
Hamro patroHamro patro