site stats
बाह्रखरी :: Baahrakhari
Baahrakhari KathaBaahrakhari Katha
देश
Global Ime bankGlobal Ime bank
पर्सामा सुरक्षा व्यवस्था कडा, निर्वाचनमा अराजक गतिविधि हुन नदिने प्रहरी प्रमुखको प्रतिबद्धता 
SkywellSkywell

वीरगञ्ज । स्थानीय तहको निर्वाचनअन्र्तगत मौन अवधी शुरु भएसँगै पर्सामा सुरक्षा व्यवस्था कडा बनाइएको छ । जिल्लामा रहेका १६७ मतदान केन्द्रमा ३ चरणमा सुरक्षाकर्मी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक रमेशकुमार बस्नेतले जानकारी दिए । 

उनका अनुसार पहिलो घेरामा नेपाल प्रहरी, दोस्रो घेरामा सशस्त्र प्रहरी र तेस्रो तथा अन्तिम घेरामा नेपाली सेनाको टोली परिचालन गरिएको छ । म्यादी प्रहरीसहित २७ सय जना सुरक्षाकर्मी परिचालन गरिएको प्रहरी उपरीक्षक बस्नेतले बताए । 

पर्साका सशस्त्र प्रहरी उपरीक्षक तेज प्रकाश पोखरेलका अनुसार सीमा क्षेत्र र मतदान केन्द्रहरूमा ८ सय सशस्त्र प्रहरी परिचालन गरिएको छ । सीमा नाकाको सुरक्षा व्यवस्थाका लागि भारतीय एसएसबी ४७ र ४४ का कमाण्डरसँग पनि समन्वय गरिएको सशस्त्र प्रहरी उपरीक्षक पोखरेलको भनाइ छ ।  

Dabur Nepal
NIC Asia

मंगलवार मध्यरातदेखि शुरु भएको मौन अवधिलाई मध्यनजर गर्दै सीमा नाकामा पनि आवागमन बन्द गरेर सीमा सिल गरिएको जिल्ला प्रशासन कार्यालय पर्साका प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकालले जानकारी दिए । नेपाली परिचय पत्र भएका नागरिकलाई भारतबाट नेपाल प्रवेश गर्न दिइएको छ । नेपालबाट बाहिरिन भने पूर्ण रुपमा रोक लगाइएको छ । यद्यपि, अत्यावश्यक कार्यका लागि प्रशासनको सिफारिसका आधारमा आवागमन खुला गरिने ढकालले बताए ।

केन्द्रको निर्देशनअनुसार सुरक्षा व्यवस्थालाई कडा पारिएको सशस्त्र प्रहरी बल मधेस प्रदेश मुख्यालय छिन्नमस्ता बाहिनी बर्दिवासका प्रमुख तथा बाहिनीपति (सशस्त्र प्रहरी नायब महानिरीक्षक) गणेश ठाडा मगरले बताए ।  

जिल्ला निर्वाचन कार्यालय, प्रमुख निर्वाचन अधिकृत, निर्वाचन अधिकृतहरूको सुरक्षामा ५/५ जनाको दरले सुरक्षाकर्मी खटाइएको छ । 

ठाडामगरका अनुसार मधेस प्रदेशका आठवटा जिल्लाका विभिन्न स्थानमा ५ हजार ५ सय भन्दा बढी सशस्त्र प्रहरी खटाइएकोे छ । सूचना संकलन, साना हतियारलगायत, अपराध नियन्त्रणका लागि स्पेशल स्मार्ट टिम पनि विभिन्न स्थानमा खटिएको ठाडा मगरले बताए ।

दुई दिनपछि हुने स्थानीय तहको निर्वाचनलाई भयरहित एवं निष्पक्ष शान्त वातावरणमा सम्पन्न गर्न कुनै कसर बाँकी नराख्ने नेपाल प्रहरीका नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) धिरजप्रताप सिंहको जिकिर छ । 

गृह मन्त्रालयबाट स्वीकृत भएको एकीकृत सुरक्षा योजना २०७८ अनुसार जिल्लादेखि प्रदेशसहित हरेक ठाउँमा सुरक्षाकर्मी तैनाथ रहेको सिंहले बताए ।
 
यस पटकको निर्वाचन स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न हुनेमा आईजीपी सिंह विश्वस्त छन् । नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र राष्ट्रिय अनुसन्धान विभाग गरी चारवटै सुरक्षा निकायबाट सुरक्षा भइरहेको हुँदा अराजक गतिविधि नहुने उनको दाबी छ । 

उनले भने, “यदि कसैले बुथ कब्जा गर्ने सोच बनाएको छ भने नसोचे पनि हुन्छ । बलपूर्वक मत पत्र च्यात्ने, कोही उमेदवारलाई आक्रमण गर्नेदेखि मतदातालाई धाक धम्की दिने जस्ता गतिविधि हुन दिने छैनौं ।” 

मतदान केन्द्रको सुरक्षा, मतदाताको सुरक्षा, मत पेटिकाको सुरक्षा एवं उमेदवारहरूको सुरक्षाका लागि सबै व्यवस्था मिलाइएको सिंहले बताएका छन् । 
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, वैशाख २८, २०७९  १९:१५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro